खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : मन्त्री केसी

नेपाल पाना २९ श्रावण २०७४, आईतवार १९:४३ मा प्रकाशित

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १० का खेलाडीले आज मन्त्रालयमा गरेको भेटमा मन्त्री केसीले पूर्वाधारबिना खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । “मुलुकको खेलको विकासका लागि नै मन्त्रालयको स्थापना भएको हो, खेल र खेलाडीको विकासमा म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो ।

मन्त्री केसीले सबैका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले राम्रो खेलाडी उत्पादन गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो । उहाँले शिक्षा, सरसफाइ, विकास निर्माण र राष्ट्रनिर्माणमा खेलाडीको प्रयोग गरे मात्र देशको विकास हुने बताउनुभयो ।

“खेलकुदको विकासका लागि सरकारले स्नातक र स्नातकोत्तर तहको शिक्षालाई अगाडि बढाउन लागेको छ,” उहाँले भन्नुभयो । खेलाडीलाई उत्साहित, व्यवसायी र रोजगार सृजना गर्ने माध्यमका रुपमा विकास गर्न मन्त्रालय लागेको उहाँको भनाइ थियो ।

मन्त्री केसीले केही दिनदेखि मुलुकमा परेको अविरल वर्षाका कारण विभिन्न भागमा बाढी पहिरोले क्षति पुगेको भन्दै विपद्को घडीमा सहयोग गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा खेलाडीहरुले काठमाडौँ क्षेत्र नं १० खेलाडी उत्पादनको क्षेत्र भएकाले भूकम्पले क्षति पुगेका मैदानलाई पुनः निर्माण गरी नयाँ खेलमैदान थप्न सके खेलकुदको विकास हुने र खेलकुद मैदान थप्न मन्त्रीसँग आग्रह गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको […]
मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको […]
फिफा बरियतामा नेपाल तल झ-यो, दक्षिण एसियामा भारत शीर्ष स्थानमा काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा […]
खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार पोखरा । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार […]
पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि […]
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले […]