उत्रियो एमालेको मुकुण्डो, भारतको शरणमा यसरी पुगे भीम रावल

नेपाल पाना ३० श्रावण २०७४, सोमबार १९:१६ मा प्रकाशित

काठमाडौं । एमालेका उपाध्यक्ष भीम रावलले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग भारतसँग बिग्रिएको सम्बन्ध सुधारका लागि आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कार कार्यक्रमपछि एमाले नेता रावलले राजदूत पुरीसँग अलग भेट गरेर एमाले र भारतबीचको सम्बन्ध सुधारमा आफू रहेको बताएका हुन् । ‘एमाले भारतको कहिल्यै पनि बिरोधी होइन’, उपाध्यक्ष रावलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, अहिले भारतले एमालेलाई माया गरेको छैन । एमाले र भारतबीचको सम्बन्ध पहिला जस्तै सुमधुर हुनुपर्छ ।’

जवाफमा राजदूत पुरीले एमालेसँग भारत कहिल्यै टाढा नरहेको नेपालका सबै राजनीतिक दल र त्यसका नेताहरूसँग सम्बन्ध राम्रो रहेको बताएका थिए । ‘भारत सधै नेपालको हित चाहन्छ’, एमाले उपाध्यक्ष रावललाई राजदूत पुरीले दिएको जवाफबारे स्रोतले भन्यो, ‘सबै राजनीतिक दलहरू मिलेर नेपालको विकासमा गर्दा भारतले आर्थिक सहयोग गर्नेछ ।’

एमालेले पछिल्लो समय कथित राष्ट्रवादको नारा लगाएर भारतको विरोध गर्दै आएको छ । तर, भारतसँग एमाले र एमालेका नेताहरूले सम्बन्ध सुधार गर्न छिद्रखोजी रहेको कुरा उपाध्यक्ष रावलको व्यवहारले देखाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]