फिफा बरियतामा नेपाल तल झ-यो, दक्षिण एसियामा भारत शीर्ष स्थानमा

नेपाल पाना २९ भाद्र २०७४, बिहीबार २०:५८ मा प्रकाशित

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।

नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन् ।

बंगलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत् छ ।

फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् । रासस 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको […]
मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको […]
खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : मन्त्री केसी काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी […]
खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार पोखरा । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार […]
पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि […]
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले […]