‘भाइटीकाको चलन आउनुअघि दाजुभार्इ र दिदी बहिनीबीच यौन सम्बन्ध हुन्थ्यो’

नेपाल पाना ३० आश्विन २०७४, सोमबार ०९:२९ मा प्रकाशित

वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका बारे बिनु पोखरेलले गरेको कुराकानीः

हाम्रा संस्कृतिहरु मध्ये तिहारको के महत्व छ ? यो कसरी सुरु भएको थियो ?

तिहार हाम्रो एउटा चाड हो । हिन्दीमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपर्ब भन्ने जनाउँछ उनीहरुकोमा । उनीहरु तिहारमा दीपावलीसम्म मनाउँछन् । त्यसैले उनीहरुको र हाम्रो तिहार मिल्दैन ।

तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ ।

हामी यमपञ्चकको पाँच दिनलाई तिहार भन्छौं । अब बुझ्नु पर्ने कुरा छ, यमपञ्चक केलाई भनिन्छ भनेर । यम भनेको धर्म । धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन । पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरु, गाई र मान्छे छुट्टा छुट्टै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्कृतिलाई जनाउँछ । त्यसबेला के कुरा केन्द्रमा थियो समाजले त्यहि चिजलाई पूजा गर्दै आएको छ । पहिलेको घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुग्यो । घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् । त्यसबेला सूचनाको मुख्य सहयोगी कागलाई बनाइथ्यो । काग बोटमा बसेर करायो भने समाचार ल्याएको भन्ने मानिन्थ्यो । काग काराएपछि मान्छेहरु ‘सुवोल सुवोल, ठाँउ सरी बस, शुभ समाचार ले’ भन्थे । आफ्नो जीवनमा सूचना ल्याउने सहयोगी भनेर कागलाई पूजा गर्न थालियो । त्यसपछि मान्छे शिकारी युगमा आयो । त्यो बेला शिकार खेल्नका लागि कुकुरको प्रयोग गरिन्थ्यो । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ । उसले के हँुदैछ भनि अगाडि नै जानकारी दिने र अन्य जनावारको आक्रमणबाट बचाउने गथ्र्याे । कुकुरलाई आज्ञाकारीजनावारको रुपमा मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी हो ।

शिकार खेलेर मासुले पालिदै गरेका मान्छेहरु पशुपालन गरेर बस्नथाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खानथाले । वस्तु विनिमयको युग त्यसरी सुरु भयो । खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो त्यो । त्यसबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो । भविश्यका लागि वस्तु भन्दा पनि मान्छे पैसा कमाउन थाले । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि त्यसै बेलादेखि भयो ।

पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि माछेहरु कर्सन कर्ममा लागे । कर्सन भन्या कृषिकर्म । कृषिको लागि गोरु प्रयोग हुन्थ्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले । गोरु मान्छेको कृषि जीवनको द्योतक हो ।

त्यसपछि आयो भाइटीका । तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ ।

कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् । यौनसम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन ।

नेपालकै उत्तरी भेगमा पाँच पत्नी बिवाह गर्ने चलन अझै यदाकदा छ । त्यस्तै गुरुङ र तामाङमा पनि कुटुम्बेली चल्छ । मगरमा पनि यो चलन थियो । तर अहिले पाल्पा, स्याङजा, तनहुँका मगरहरुले मामाकी छोरी विवाह गर्ने फुपूकी छोरी नगर्ने भन्ने चलन ल्याएका छन् । ठकुरीमा पनि यस्तै चलन छ । बिस १९९६ सालमा रंगनाथ पौडेल प्रधानमन्त्री हुँदा पश्चिम सतथौलाका जैसी बाहुनहरुलाई एउटा रुक्का पठाएर तिमीहरुले भाञ्जी बिवाह नगर्नु भनेका छन् । रुक्का भनेको अर्डर पेपर हो । मनुस्मृतिमा लेखिएको छ– ‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेमक्षण ।’ यो भनेको भारत तिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरकाले मासु खान्छन् । मतलव ती दुबै नराम्रा हुन् भनिएको छ । मुसलमानले आफ्नै दाइभाईका छोरी विवाह गर्छन् । कोख र योनी मात्र बार्ने चलन तिनीहरुको छ । यम र यमीको कथाबाट चाहिँ आर्यहरु परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढाएको देखिन्छ । त्यसैले तिहार नैतिकताको धरोहर हो । यसले नीति नियम कायम गरायो । समाजलाई सभ्य र सुसंस्कृत बनायो । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यम द्वितीयाले दिएको छ ।

अहिले त तिहार नभनी दीपावली भन्ने गरिन्छ नि, यो ठीक होइन ?

त्यो हुँदै होइन । त्यो त भारतबाट आएको शब्द हो, हामीसँग मिल्दैन । त्यो शब्द त हामीले उच्चारण नगर्दा राम्रो । हाम्रो तिहार हो । यम पञ्चकको पाँच दिनको तिहार । त्यसको पनि भाइटीका । लक्ष्मी पूजाको रात सबैभन्दा अंध्यारो रात हुथ्यो । मानिसहरु राँको बालेरै एक अर्को घरमा आउजाउ गर्थे । घरघरमा लक्ष्मी पुजेर राखेको दियो, रातभर नै बालेर छोडिदिने गरिन्थ्यो । त्यसरी वत्ती बाल्ने चलनलाई दीपावली गर्ने चलनका रुपमा पछि आयो ।

दुवै हिन्दु संस्कारबाट निर्देशित भए पनि नेपाल र भारतमा केहि मिल्ने र केहि फरक हुनुको कारण के होला ?

भारत पनि हिन्दु सभ्यताबाट प्रभावित र नेपाल पनि त्यहि सभ्यताले सुसज्जित देश हो । तर हाम्रै देशमा पनि एउटै दशैं कसैले तिहारसम्म मनाउने कसैले एक दिन मात्र मनाउने चलन छ । हाम्रा राम्रा संस्कृति त्यता पनि गएका छन् तर हुबहु त्यहाँ पनि लागू हुन्छन् भन्ने हुँदैन । कुनै हुबहु लागू छन् पनि । कुनै आंशिक रुपमा लागू भएका छन् । ठाँउ अनुसार फरक हुनु स्वाभाविक हो । नेपालमा आफ्नै स्वदेशीय रैथाने परम्परा छ । यहाँका भूमी पुत्र आदिवासी जनजातिहरुको संस्कृति र हिन्दु संस्कृतिको बीचमा समन्वय छ । त्यसकारण नेपाल र भारतको हिन्दु संस्कृतिमा पृथकता छ ।

देउसी भैलो खेल्ने चलन चाहिँ कसरी सुरु भयो ?

भैलीमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाए । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् । एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो । लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बली राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा वली राजा आए ।

त्यसबेला देवदास र देवदासीहरुको प्रचलन थियो । देउकीको रुपमा अहिले कानुनले मान्यता नदिए पनि यो प्रचलन नेपालको पश्चिम भागतिर पाइन्छ । तिनै दासीहरुलाई यहि यम पञ्चकको समयमा, बलिराजाले ‘जाउ तिमीहरु मागेर खाउ’ भनेर आज्ञा दिए । उनीहरु देउसी भैलो खेलेर अन्न बटुल्न थाले ।

देवदासीहरुले भैलेनी खेले र देवदासहरुले देउसुरे खेले । हामी त्यसै आएनांै बली राजाले पठाए भनेपछि सबैले धान, चामल, रोटी, रक्सी पैसा जसले जे सक्यो त्यहि दिने गरे । पछिपछि हुँदै गएपछि अन्यलाई पनि राम्रो लागेर त्यो बेला पैसा चामल उठाउन पाइने भएर अरुले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वतिर हँुदै सबैतिर फैलियो । अहिले त राजनीतिक दलले पनि धेरै पैसा उठाउन देउसी भैलो खेल्ने गरेका छन् ।

तर, त्यसबेला देउसी भैलो खेल्दा दिएको रोटी र रक्सी त्यसैबेला चलन थियो । जम्मा भएको अन्न र पैसा बटुलेर राख्ने र पछि पुस १५ गतेको दिन खुवा खाने चलन थियो । बूढाबूढी हैन युवतीहरुले खेल्छन् यस्तो देउसी । गण्डकी प्रदेशका मगर समुदायका युवायुवतीहरुमा पुस १५ को दिन खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ । तर, अहिले भ्यालेन्टाइन डे भन्ने बिदेशी चलन हावी भो ।

पुस १५ लाई गुरुङहरुले ल्होछारको रुपमा मनाउँछन् । नयाँ बर्ष मनाउने आयश्रोत पनि त्यहि देउसी भैलो हो । राई लिम्बुमा कतिपयको तिहारसम्म पनि दशैंको टीका लगाउने चलन छ । यसरी बिभिन्न जात र ठाउँमा चलन फरक भए जस्तै तिहारको पनि कहिँ कतै चलन फरक हुन सक्छ । तर यसको मुल मुल्य एउटै हो ।

तपाईंले बाहुनले देउसी भैलो कम खेल्ने भन्नु भो, त्यो चाहिँ किन रहेछ ?

बाहुन त पहिलेकै वेद पढ्ने मान्छे हो नि । हासी मजाक गर्ने, जुवा तास खेल्ने काम जनजातिले मात्र गर्थे । ती जनजातिहरुको देवदासीहरुसँग सिको गरे र उनीहरु पनि खेल्न थाले । अहिले त सबैले खेल्छन् ।

सप्तरंगी टीकाको चाहिँ अर्थ के छ ?

सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो ।

पहिले दखि नै थियो यो सप्तरंगी टीका लगाउने चलन ?

थियो नि, किन नहुनु । तर, अहिले प्रयोग भएका रंग भने पछि आएका हुन् । त्यसबेला पहेंलो रंगको लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रंगका लागि दुवोबाट लेप बनाइन्थ्यो । त्यस्तै अन्य रंगको लागि काफल, र अन्य फूलहरु प्रयोग गरिन्थ्यो । यसरी आफ्नै गाउँघरका कुरा प्रयोग गरेर सप्तरंगी टीका लगाइन्थ्यो । –चक्रपथबाट साभार

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

वाम गठबन्धनबारे झलनाथ खनालको नयाँ खुलासा, एमाले र माओवादीबीच यतिसम्मको विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । […]
गुण्डागर्दी, ठगीको धन्दा गर्नेहरु अब बाँकी रहदैनन्ः एआईजी चन्द (अन्तर्वार्ता) महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले शुक्रबार पदभार […]
चुनावमा एमालेसँगको सहकार्य, आन्दोलन र सरकारमा सहभागिताबारे महन्थ ठाकुरको सनसनीपूर्ण खुलाशा (अन्तर्वार्ता) शनीबार दिउँसो १ बजे बबरमहलस्थित राष्ट्रिय जनता पार्टी (राजपा), नेपालको कार्यालयमा कान्तिपुर टिम पुग्दा […]
कसले गर्यो लोकमानको हत्या गर्ने षड्यन्त्र ? यसरी भयो सनसनीपूर्ण खुलासा (अन्तर्वार्ता) तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख […]
ओलीजीको हठले देशको समस्या समाधान हुदैन : राजेन्द्र महतो अहिले देश राष्ट्रिय जनता पार्टीको मागमा अड्किए जस्तै भएको छ । विशेषगरी राजपाको मागका […]
स्थानीय तह निर्वाचन परिचालन मुल समितिको संयोजक रामचन्द्र पौडेल हुनुहुन्थ्यो, त्यसैले हामी चुनाव हार्यौ : रमेश लेखक नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि उल्लेखनीय काम गर्न नसकेको आरोप लागिरहेको छ । […]