एमालेका नवराज सिलवाललाई हराउन गुण बहादुरले नै उम्मेदवारी दिएपछि……

नेपाल पाना १८ कार्तिक २०७४, शनिबार ०८:५२ मा प्रकाशित

ललितपुर । नेपाल प्रहरीको पूर्व डीआईजी तथा एमालेका नेता नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उमेदवारी दिएका छन् ।
नेपाल प्रहरीको जागिरे रहेका बेला सिलवालले दुःख दिएका गुणबहादुर थापाले उनीविरुद्ध स्वतन्त्रमा उजुरी दिएका छन् । सिलवालले थापाको सामना गर्नुपर्ने भएको छ ।

आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोपसहित जनताबाट न्याय पाउने आस गर्दै सिलवालपीडित थापाले उम्मेदवारी दिएको बताएका छन् ।

आफूलाई नै सिलवाललाई आईजीपी हुन नदिएको भन्दै थापाले अब अन्तिम न्याय जनताले दिने बताएका छन् । ‘प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको बनाउने नवराज सिलवालले चुनाव जितेर सत्तामा आए के गर्दा होलान् ?’, थापाले प्रश्न गर्दै भने । प्रहरीको जागिरे हुँदा सिलवालले उनै थापालाई मिटर व्याजमा पैसा लगानी गरेर थापालाई नै दुःख दिएका थिए । त्यति मात्रै होइन थापालाई विभिन्न झुठ्ठा मुद्दा लगाएर शक्तिको आडमा लामो समय थुनाएका थिए ।

नवराज सिलवालबाट पीडित आफूलाई ललितपुरका जनताले न्याय दिने थापाले विश्वास लिएको बताएका छन् । उनले भने, ‘नवराज सिलवाल राम्रो व्यक्ति होइन । उनलाई ललितपुर क्षेत्र नं. १ का जनताले मतदान गर्नु हुँदैन ।’

पीडित थापाले स्वतन्त्र उम्मेदवारी दिएर सिलवालविरुद्ध प्रचार प्रसार थालेपछि एमाले र ‘सिलवाल’को सातो गएको छ ।

प्रहरीमा रहँदा आफ्ना सहकर्मीविरुद्ध समचार लेख्न लगाउने, उनीहरूको सुराकी गराउने, मिटर व्याजमा पैसा लगानी गरेर सर्वसाधारणको सम्पत्ति हडप्ने जस्ता थुप्रै गैरकानूनी काम गरेका सिलवालका यस्तै विवादास्पद कार्यशैलीका कारण आईजीपी बन्न सकेका थिएनन् ।

आईजीपी बनेपछि राजीनामा स्वीकृत नहुँदै सिलवाल एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेको संगठनमा योगदान गरेको भन्दा पनि निर्वाचन खर्च केपी ओलीलाई बुझाएका कारण ललितपुर १ बाट टिकट पाएको आरोप एमालेका कार्यकर्ताहरूको आरोप छ ।

पीडित थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि सिलवाल तनावमा परेका छन् । थापाले मलाई हराउने भयो भनेर पीडा आफ्ना समर्थकहरूसँग सिलवालले गर्न लागेको एक नेताले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

यी हुन् कांग्रेसका हार्न नहुने नेताहरु नेपाली राजनीति पछिल्ला वर्ष सहमति र सहकार्यको बाटोमा अघि बढिरहेको छ । तत्कालीन कांग्रेस […]
यौनकाण्डमा मुछिएका विप्लवका केन्द्रीय सदस्य खड्काले राजीनामा दिने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का […]
ताप्लेजुङमा योगेश भट्टराई हाबी भएपछि एमालेमा खैलाबैला, जनजाती नेताहरु आक्रोशित काठमाडौं । काठमाडौंका जनताले नपत्याएपछि नेकपा एमालेका सचिव योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङबाट चुनाव लड्ने […]
‘विप्लव’का खास सहयोगीका चार पत्नी, ‘नेकपा’भित्र यस्तो बिगबिगी काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का […]
राष्ट्रिय एकताको लागि राजसंस्था आवश्यक रहेको निष्कर्ष, जनमत संग्रहबाट टुंगो लगाउन माग काठमाडौँ । पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका लागि अलांकरिक राजसंस्था र हिन्दु राष्ट्रको […]
वाम गठबन्धनलाई सिद्धयाउन काँग्रेसले बनाएको गोप्य योजना भयो “लिक”, यस्तो छ ठुलो डिजाईन काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने […]