अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

नेपाल पाना ३ मंसिर २०७४, आईतवार १४:२६ मा प्रकाशित

काबुल (रासस÷सिन्ह्वा) : अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ ।

यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन् ।

अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले भन्नुभयो– सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था बिगतको तुलनामा नसुध्रिएको उहाँले बताउनुभयो ।

अफगानिस्तानमा गएको डेढ दशकभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण यहाँको सामाजिक आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव परिरहेको छ ।

यसैकारण पनि यहाँका बालबालिका आधारभूत आवश्यकताको प्राप्तिबाट बञ्चित हुन पुगेका छन् । यहाँका बालबालिकामध्ये बढी असर बालिकामा परिरहेको देखिएको छ ।

विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका रहेका छन् ।
विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ बर्षको उमेरभित्रमा नै उनीहरुले विद्यालय छोड्ने गरेका छन् ।
अफगानिस्तानमा विश्वमा नै सबैभन्दा बढी साना विद्यार्थीले सानैमा विद्यालय छोड्ने गरेका छन् ।

यहाँका बालबालिका पोषणयुक्त खानेकुराको अभावमा बाँचेका बताइन्छ । हालै गरिएको एक सर्वेक्षणकाअनुसार अफगानिस्तानका करिब छ लाख बालबालिका चरण कुपोषणमा बाँचेका छन् ।

उनीहरुलई सबैभन्दा बढी देशको आन्तरिक द्वन्द्व र हिंसाले असर पारिरहेको युनिसेफले जनाएको छ । उनीहरुको अवस्थाको सुधारका लागि पनि सो संस्थाले आग्रह गरेको छ ।

युद्धका बेलामा पनि बालबालिकालाई शिक्षा, स्वास्थ्य र उनीहरुका आधारभूत आवश्यकतामा कुनै कमी आउन नदिई कामगर्न अफगानिस्तानको सरकार तथा सशस्त्र समूहलाई आग्रह गरेको छ ।

त्यसैगरी विश्वका दाताराष्ट्रहरुलाई पनि यहाँका बालबालिकाको अवस्था सुधारका लागि सहयोग पु¥याउन पनि सो संस्थाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध हरारे (रासस÷एएफ्पी) : जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक […]
राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन वासिङ्टन (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले […]
प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए ग्राडेज, अफगानिस्तान (रासस÷सिन्ह्वा) अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ […]
राष्ट्रपति ट्रम्प मनिला पुग्नुभयो मनिलामा सोमबार एसियाली सम्मेलन शुरु हँुदै मनिला (रासस÷एएफपी) : एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति […]
उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा– राष्ट्रपति ट्रम्प टोकियो (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती […]
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको […]