कांग्रेसले ल्यायो वृद्धभत्ताभन्दा राम्रो योजना, वाम गठबन्धनसहित सबै दल चकित

नेपाल पाना ५ मंसिर २०७४, मंगलवार ११:०३ मा प्रकाशित

काठमाडौं । निर्वाचनलाई लक्षित गरी विभिन्न दलले मतदाता आकर्षित गर्नका लागि आफ्ना योजनासहित चुनावी घोषणापत्र सार्वजनिक गर्ने गर्छन् । गत स्थानीय निर्वाचनमा जस्तै यसपटकको हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सबै दलहरूले आ–आफ्ना घोषणपत्र सार्वजनिक गरेका छन् ।

दलहरूको घोषणा पत्रको तुलना गर्दा सबैभन्दा उत्कृष्ट र पत्यारलाग्दो घोषणपत्र नेपाली कांग्रेसको देखिएको छ । ‘नेपाली कांग्रेस जे गर्छ त्यो बोल्छ, नेपाली कांग्रेस जे बोल्छ त्यो गर्छ’ भन्ने पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको बोलीलाई पछ्याउँदै कांग्रेसले योजना सार्वजनिक गरेको छ । पूरा गर्न सकिने र जनताले पत्याउने खालका योजनाहरू समेटेर कांग्रेस जे बोल्छ त्यो पूरा गरेरै छाड्छ भन्ने नीतिअनुरूप नै आफ्ना योजनाहरू ल्याइएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

त्यसको ठीकविपरीत वामगठबन्धनले भने जनतालाई विश्वासै गर्न गाह्रो पर्ने खालको र नेपालको परिप्रेक्षसँग मेल हुनै नसक्ने खालका योजनाहरू सार्वजनिक गरेको देखिएको छ । एमाले अध्यक्ष ओलीले त आइतबारै मात्रै पनि नेपालीहरूलाई रकेटमार्फत चन्द्रमाको यात्रामा पठाउने घोषणा गरे । उनको भाषण सुनेर पूर्वी नेपालका जनता मरीमरी हाँसेको बारे समाचारहरूमा देख्न पाइएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा पनि उनले गरेकाे भाषणलाइ पनि जनताले मनोरञ्जनका रूपमा लिएका थिए ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा वृद्धभत्ता ल्याइएका कारण एमालेले त्यसलाई पण्डितले श्राद्धमा पनि पूजामा पनि कुश प्रयोग गरेझैँ जताततै वृद्धभत्ताको मात्रै चर्चा गर्ने गरेको छ । मासिक जम्मा १०० रुपैयाँको दरमा सुरु गरिएको सो कार्यक्रमलाई कांग्रेस नेतृत्वका विभिन्न सरकारले बढाउँदै अहिले मासिक २००० पुर्याएको छ । तर, मनमोहनको पालादेखि कार्यानवयनमा आएकै कारण वृद्धभत्ता कार्यक्रमलाई आफ्नो पेवाजस्तै मान्ने गरेको देखिन्छ ।

स्थानीय निर्वाचनमा सन्तुलित योजना सार्वजनिक गरेको माओवादी पनि यसपटक कम्युनिष्ट गठबन्धनका नाममा एमालेको एजेण्डालाई नै आफ्नो एजेण्डा बनाउन बाध्य भएको छ । कांग्रेससँगको सहकार्यले स्थानीय निर्वाचनमा सफल भएको माओवादीलाई अहिलेको एमालेसँगको सहकार्यले फाइदाभन्दा घाटा लाग्ने देखिएको छ । एमालेको घोषणाबाट परिचित जनताले माओवादीलाई पनि सोही रूपमा बुझेका कारण उसलाई अप्ठ्यारो पर्ने देखिएको हो ।

कांग्रेसले कसैलाई लोभ देखाउनेभन्दा जनतालाई नभइ नहुने आधारभूत आवश्यकतालाई समेटेर योजना बनाएको छ । नेपाली कांग्रेसले गर्भमा रहेको बच्चाको सुरक्षादेखि नागरिकको मृत्युसंस्कार सम्मको जिम्मा सरकारले नै लिनेगरी जनहितकारी योजना प्रस्तुत गरेको छ । कांग्रेसको घोषणापत्रअनुसारको एकीकृत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयन भएको खण्डमा आमजनताले निकै राहत महसुस गर्न सक्ने देखिन्छ । आगामी निर्वाचनमा बहुमत पाएर एउटा आर्थिक वर्षभर सरकारको नेतृत्व गर्न पाएको खण्डमा कांग्रेसले ती योजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तो छ कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणाः

कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलब्ध सरकारले गराउने ।

शैक्षिक संस्थामा आवास, खाना, छात्रवृत्ति, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकलजस्ता प्रोत्साहन पुरस्कार उपलब्ध गराउने ।

तरुणको सीप वृद्धिसँगै युवा स्वरोजगार एवं स्वरोजगार नभएका युवालाई बेरोजगार भत्ता उपलब्ध गराउने ।

अनिवार्य स्वास्थ्य बिमा साथसाथै कृषि, पशुधन दुर्घटना र बेरोजगारी सुरक्षा बिमाको व्यवस्था गर्ने ।
१०० थरी औषधि निःशुल्क र गम्भीर रोगको निःशुल्क स्वास्थ्य उपचार गर्ने ।

गरिबका लागि वर्षको कम्तीमा सय दिनको रोजगारको प्रत्याभूति ।

एकल महिला अपांग र सिमान्तकृत समुदायलगायतका लागि निःसर्त नगद हस्तान्तरण कार्यक्रम ।

दलित र कर्णालीका नागरिकका लागि ६० वर्षपछि, महिलाका लागि ६५ वर्षपछि र बाँकी सबैका लागि ७० वर्षपछि थप ज्येष्ठ नागरिक भत्ता र सेवाआश्रमको व्यवस्था ।

जीवनभर मात्र नभई जीवनको अन्त्यपछि हुने मृत्यु संस्कारमा पनि सम्मान खर्चस्वरूप १० हजार उपलब्ध गराउने योजना कांग्र्रेसले ल्याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

घोषणापत्र हतार-हतारमा लेखिएकोले पाँच बर्ष भित्र रेल चलाउन सकिदैन : नेता नेपाल (भिडियो सहित) काठमाडौँ । भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित […]
काँग्रेसले भन्यो: प्रचण्ड नै अबको प्रधानमन्त्री, ओली परिवर्तन बिरोधी काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास […]
नवराज सिलवाललाई कारवाही गर्न सर्वाेच्चको आदेश, वकिल पनि फन्दामा परे काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई […]
नेतृत्व परिवर्तनको पक्षमा रहेका गगन थापालाई काँग्रेसकै नेताले दिए चेतावनी, के हुन्छ अब ? काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सिचाईमन्त्री महेन्द्र यादवले कांग्रेसभित्र अहिले बाहिर चर्चा भएजस्तो […]
प्रधानमन्त्री बन्ने बिषयलाई लिएर वाम गठबन्धनमा तिब्र विवाद, कसले के भने ? काठमाडौँ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष […]
बामदेवलाई ओली र नारायणकाजीलाई प्रचण्डकै इशारामा हराइएको खुलाशा, यस्तो छ भित्रि कुरा ! काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओली र माओवादी […]