काठमाडौं- ४ मा गगनमाथि भयो नसोचेको घटना! वाम गठबन्धनका कार्यकर्ता चकित !

नेपाल पाना ६ मंसिर २०७४, बुधबार १५:५१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा अहिले घरदैलोमा व्यस्त छन् ।

बुधबार मैतिदेवी र कमलपोखरीमा घरदैलो गर्ने क्रममा गगनले मतदाताबाट कल्पना नै नगरेको माया पाए । कमलपोखरी चोकमा जब गगन आफ्नो घरदैलो टिमसहित अगाडि बढ्दैथिए । त्यहीबेला एक सर्वसाधारणले उनको टोलीलाई रोकेर आफ्नो घरमा लगेर भव्य स्वागत गरे । स्वागत पनि अनौठो तरिकाले गरे । पहिला माला लगाइदिए, त्यसपछि शिरमा ढाका टोपी लगाइदिए । त्यतिमात्रै जितको खुसीयालीजस्तै मिठाइ पनि खुवाए ।

काठमाडौं उपत्यकामा मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भोट माग्दै गगन अहिले आफ्ना विकासमा एजेण्डासहित जनताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा बुधबार मैतिदेवी र कमलपोखरीमा घरदैलो गर्ने क्रममा गगनले मतदाताबाट कल्पना नै नगरेको माया पाए । कमलपोखरी चोकमा जब गगन आफ्नो घरदैलो टिमसहित अगाडि बढ्दैथिए । त्यहीबेला एक सर्वसाधारणले उनको टोलीलाई रोकेर आफ्नो घरमा लगेर भव्य स्वागत गरे । स्वागत पनि अनौठो तरिकाले गरे । पहिला माला लगाइदिए, त्यसपछि शिरमा ढाका टोपी लगाइदिए । त्यतिमात्रै जितको खुसीयालीजस्तै मिठाइ पनि खुवाए ।

यसरी गगनलाई अपार माया दिँदै ती मतदाताले जितको शुभकामना पनि दिए । ‘तपाईको जित निश्चित छ । तपाई नै जित्नुहुन्छ । हाम्रो आर्शिवाद छ । जितेर देश बनाउनुस्, आफ्नो क्षेत्रको विकासलाई अझै द्रुत गतिमा अगाडि बढाउनुुस् ।’

जवाफमा गगनले मतदाताको आर्शिवादले म आज यहाँसम्म आइपुगेको र तपाईहरुको आर्शिवादलाई शिरोधार्य गरेर अगाडि बढ्छु भनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]