यौन काण्डमा मुछिएका यी एमाले उम्मेदवारः जसले महिलालाई गर्भवती बनाई वेपत्ता पारे (प्रमाणसहित)

नेपाल पाना ९ मंसिर २०७४, शनिबार २२:०० मा प्रकाशित

सिन्धुली । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिए संगै उमेद्वाले विगतमा गरेका कु–कार्य तथा गतिविधिको पनि चर्चा परिचर्चा शुरु हुन थालेको छ । विगतमा गरेका साना भन्दा साना गल्तिहरुको प्रसंगले बजार तात्ने यो निर्वाचनको समयमा यतिबेला एउटा सत्य घटनाले जिल्लाबासीको ध्यान केन्द्रित गरेको छ । यस घटनाको प्रतिनिधि पात्र हुन सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य (क) का बाम गठबन्धन तर्फका उम्मेद्वार विनोद खड्का ।

उनी लामो कसरत पछि लगभग वाम गठवन्धनको तर्फबाट उमेद्वारको अन्तिम निष्कर्षमा पुगेको भनिएका केशव प्रसाद देवकोटालाई उछिन्दै उम्मेदवार बन्न सफल भए । उम्मेदवारी चयनको अन्तिम रात विनोद कुमार खड्काले टिकट हात पार्न सफल भए । यो उनको ठूलो उपलब्धि मान्नुपर्छ । उनको उम्मेद्वारी टुङ्गो लागे संगै अहिले उनले विगतमा गरेको यौन काण्डले जिल्लावासीको ध्यानलाई थप केन्द्रित गरेको छ ।

नेकपा एमालेका संगठित सदस्य सुवास देवकोटाले घटनाको छानविन गरि कारबाही गरि पाउँ भनी नेकपा एमालेको केन्द्रिय कार्यालयमा दिएको निवेदन अनुसार ‘कमलामाई नगरपालिका वडा नम्बर ११ स्थित आफ्नो घरमा घर कुर्नका लागि राखिएको मेरो मामाकी छोरी शारदा कार्कीसंग नेकपा एमाले नगर कमिटीका तत्कालिन सचिव बिनोद खड्काको यौन संबन्ध रहेको र ६ महिनाको गर्भ समेत रहेको’ उल्लेख गरिएको छ ।

तत्कालिन जिल्ला कमिटिका उपसचिव विषमलाल अधिकारी दनुवार र पार्टीका जिल्ला कमिटीका सदस्यहरुको सल्लाहमा स्थानीय पार्टी कार्यकर्ता र समुदायस्थित जनताको उपस्थितिमा असार ६ गते उम्मेदवार खड्कासंग शारदा कार्कीको विवाह गराईदिएर उनको जिम्मा लगाइयो ।

शारदा कार्कीसंग अनैतिक यौन सम्बन्ध रहेको कुरा बाहिर आएपछि विनोद खड्कालाई तत्कालिन पार्टीका जिल्ला कमिटी सचिव केशव देवकोटाको रोहबरमा सचिवालय बैठकले ३ वर्षका लागी पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्यो । आफ्नो बहिनी शारदा कार्कीसंग खड्काको यस्तो अनैतिक सम्वन्ध रहेको थाहा पाएपछी शारदाका दाजु अर्जुन कार्की वहिनीलाई भेट्न पहाडबाट सदरमुकाम आए । उनले सदरमुकाममा पढाउन राखेका कारण वहिनीको सबैभन्दा पहिला सोधपुछ सुवास देबकोटासंग गरे । उनले विनोदसंग दाजु अर्जुन कार्कीको भेट गराईदिए । तर आफ्नै वहिनीसंग उनले भेट गर्न पाएनन् । विनोदले दाजु वैहिनीको भेट हुनै दिएनन् । आफ्नो बैहिनीलाई कहाँ कस्तो अवस्थामा राखेको छ भनि थाहा पाउनबाट समेत वञ्चित बनेका अर्जुन कार्कीसंग सारदालाई भेट गर्ने नदिई बिनोद बेपत्ता भए ।

शारदाका दाजु अर्जुन कार्कीले बैहिनीको ज्यान खोजी पाउ भनेर साउन १५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका छन् । कार्कीका अनुसार उनको वैहिनी अहिले पनि कहाँ छिन, कुन अवस्थामा छिन उनलाई थाहा छैन । तत्कालिन पार्टी सचिव देवकोटाको निर्देशनमा विनोद खड्काले परिवार नियोजन गरेर शारदा खड्कालाई जवरजस्ती गर्भपतन गर्न लगाई खड्काले खाईजिविका मिलाईएको तथ्य बाहिर आएको छ । सारदाका दाजु अर्जुनले अहिलेसम्म आफ्नो वैहिनीलाई भेट्न पाएका छैनन् ।

विनोद खड्काले अमानवीय र अनपेक्षित व्यवहार एउटी पहिला माथि गरेकाले सो व्यक्ति पार्टीको नेता तथा सिपाही बन्न लायकको नहुने उल्लेख गर्दै पार्टीको विधान अनुरुप खड्कालाई कारवाहीको माग गर्दै नेकपा एमाले संगठन विभाग र केन्द्रिय अनुशासन निरिक्षण समितिमा पार्टीका संगठित सदस्य सुवास देवकोटाले निवेदन दिएका छन् । तर, पार्टीले कारवाही गर्नुको साटो टिकट दिएर पुरस्कृत गरेको छ ।

प्रमाण:-


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]