ब्रेकिङ न्युजः आचारसंहिता मिच्ने भीम रावल फन्दामा, कांग्रेसले लियो एक्सन, उम्मेदवारी नै रद्ध हुनसक्ने

नेपाल पाना १० मंसिर २०७४, आईतवार १६:०४ मा प्रकाशित

काठमाडौं । चुनावी प्रचारमा सत्ता र शक्तिको रवाफ देखाउँदै आएका नेकपा एमालेका उपाध्यक्ष एवं अछामका उम्मेदवार भीम रावल फन्दामा परेका छन् । उनीमाथि नेपाली कांग्रेसले एक्सन लिएको हो ।

कांग्रेस अछामका सभापति एवं रावलका प्रतिस्पर्धी भरत स्वारले उनीविरुद्ध आइतबार निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनको प्रमाणसहित उजुरी हालेका छन् ।

रावलले आयोगको अनुमतिविना मंसिर ७, ८ र ९ गतेका दिन अछामको ढकारी, तुर्माखाँद, साँफेबगर, पातलकोट लगायत क्षेत्रमा एमालेको चुनावी आमसभामा हेलिप्कटर प्रयोग गरी आचारसंहिताको उल्लंघन गरेको भन्दै कांग्रेस अछामले रावलको उम्मेदवारी समेत रद्ध गर्न माग गरेको छ ।

रावलले पछिल्लो समय अछाममा सुरक्षाकर्मीदेखि सिडिओसम्म आफ्नो चुनावी अभियानमा खटाएका छन् । जसरी पनि चुनाव जित्ने रावलले सत्ता र शक्ति प्रयोग गरिरहेका छन् । अब रावलमाथि निर्वाचन आयोगले कस्तो एक्सन लिने हो हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]