प्रचण्डलाइ अर्को खतरा ! अब ‘प्रचण्ड’ रहँदैनन् कि ?

नेपाल पाना ११ मंसिर २०७४, सोमबार १६:३९ मा प्रकाशित

– सुशील देवकोटा

चर्चित हिन्दी सिनेमा शोलेको एउटा दृश्यमा जब अभिनेता सचिन गब्बर सिंहबाट मारिन्छन् र उनको लास गाउँ पठाइन्छ तब गाउँलेले जय र बिरुको विरोध गर्दै उनीहरूलाई त्यस गाउँबाट ननिकालेसम्म गब्बर सिंहले यसैगरी एक–एकजना गर्दै गाउँलेलाई मार्छ भन्दै उनीहरू त्यस गाउँका लागि बोझ भएको कुरा भन्दा सचिनको बुवाको भूमिकामा रहेका एके हंगलले भन्छन्, ‘जानते हो दुनियाँमे सबसे बडा बोझ क्या है ? बापके कन्धो पे बेटेका जनाजा !’

हो पनि, आफूले जन्माएको सन्तानको शवलाई आफ्नो काँधमा बोक्नुभन्दा ठूलो पीडा शायद संसारमा अरू केही नहोला । चाहना सबैको यही हुन्छ कि उनीहरूको कुनै आफन्तको मृत्यु नहोस् र प्रायः सबैले आफ्ना आफन्तलाई बचाउन सक्दो प्रयास पनि गर्छन् चाहे उनको उमेर जतिसुकै किन नहोस् । तर, मृत्यु शाश्वत हो र जन्मेपछि हरेक प्राणीले मर्नैपर्छ । कुरा ढिलो–चाँडोको मात्रै हो । उमेर पुगेर कोही मरेको छ भने तुलनात्मक रूपमा चित्त बुझाउन अलि सहज हुन्छ भने उमेरमै कुनै आफन्तले छोडेर गएमा त्यो वेदना सहन निकै कठिन हुन्छ ।

गत मङ्सिर ३ गते पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा यस्तै पीडा खप्नुप¥यो । उनको पुत्र प्रकाश दाहालको असामयिक निधन भयो । यो कति ठूूलो पीडा हो त्यो यस्तो पीडा भोग्नेहरूले मात्रै बुझ्न सक्छन् । अधिकांश नेपालीको नजरमा नकारात्मक छवि बनाएका र मानवको प्राण अनाहकमा लिएर पनि मुस्काउन सक्ने ढुङ्गाजस्तो मुटु भएका भनेर चिनिने प्रचण्डजस्तो मान्छेले समेत आँसु थाम्न सकेनन् भने अनुमान लगाउन सकिन्छ कि यो कस्तो ठूलो चोट हो । आफूलाई दागबत्ती दिने छोरालाई आफूले दागबत्ती दिँदा प्रचण्डभित्र भएको बाबुको मनको भावना छताछुल्ल भएर पोखियो र त्यो भावना आँसुको रूपमा आँखाबाट बग्यो ।

यो घटनापछि अहिलेको निकै शक्तिशाली सञ्चारमाध्यम सामाजिक सञ्जालमा स्वर्गीय प्रकाश दाहालको फोटो, उनलाई दिइएको श्रद्धाञ्जली, प्रचण्ड परिवारप्रति व्यक्त गरिएको समवेदनाका साथै प्रकाश दाहालसँग जोडिएका विभिन्न अनुुभव र स्मरणरूपी लेखहरूले प्रमुुख स्थान पायो । त्यही सामाजिक सञ्जालमा यस दुुःखद घटनामा समेत खुुसी व्यक्त गर्दैै लेखिएका केही स्ट्याटस र लेखहरू पनि पढ्न पाइयो । यो मानवीय स्वभावको प्रतिकूल व्यवहार हो । कसैलाई पनि यस्तो ठूूलो बज्रपात पर्दा ‘ठिक्क परेछ !’ भन्नुु मानवताबाट च्यूत हुुनुु हो ।

हिजो प्रचण्डले जे गरेको थियो त्यसको प्रतिफल पायो वा हिजो अरूको आफन्तलाई मार्दा उनीहरूको परिवारले कस्तो पीडा भोगेका थिए बल्ल थाहा पायो भन्नेहरूले सबैभन्दा धेरै यो बुुझ्न जरुरी छ कि त्यो पीडा र चोट आफूूले भोग्दा जति कष्ट भएको थियो अहिले त्यस्तै कष्ट प्रचण्डले भोग्दै छन् । समान पीडा भोग्नेहरूमा त झन् एक–अर्काप्रति सहानुुभूूतिको भावना पो जाग्नुुपर्ने हो ।

हो, काल आएर मर्नुु र काल बनेर मार्नुुमा फरक अवश्य छ, तैपनि कसैलाई पनि विपत्ति पर्दा त्यो पनि यो हदसम्मको विपत्ति पर्दासमेत काखी पड्काएर खुुचिङ्ग भन्नुु मानवता होइन । आफूलाई चोट दिनेलाई समान किसिमको चोट लाग्दा त्यस्ता चोट खानेहरूको मनमा छाएको सन्तोषको परिणाम होलान् ती अभिव्यक्तिहरू भन्ने बुुझ्न सकिन्छ, तर भावना जे–जस्तो भए पनि समय गलत भयो । प्रचण्डमा राक्षसी गुुण देख्नेहरूले आज आफूले पनि त्यस्तै गुुण र भावना देखाउने हो भने उनीमा र तपाईंमा अन्तर के रह्यो त ?

विगतमा गरिएका गल्तीहरूबाट पाठ सिक्दै वर्तमानलाई सच्याउँदै भविष्यलाई सुुरक्षित गर्नुु नै बुुद्धिमानी हुुन्छ । विगतमा गरिएको गल्ती प्रचण्डले सच्याउन सुुरु गर्छन् वा गरिसके भन्ने सकारात्मक अनुुुमान यसबाट पनि लगाऔँ कि हिजो–अस्तिसम्म हिन्दूूधर्मका प्रखर विरोधी र पश्चिमा इसाईका भक्त प्रचण्डले आफ्नो पुुत्रको दाहसंस्कार वैदिक हिन्दू परम्पराअनुुसार नै गरे ।

पशुुपतिनाथको चरणमै आफ्नो एक मात्र पुुत्रको पार्थिव शरीरलाई विसर्जन गरे । यो घटना हुुँदा उनी स्वयम्ले बिर्सिए कि ९० प्रतिशत हिन्दूू जनता भएको देश नेपाललाई, विश्वकै एक मात्र हिन्दूू राष्ट्रको गौरव प्राप्त नेपाललाई कसरी उनले आफ्नो निजी स्वार्थ पूरा गर्न विदेशीहरूको इशारामा धर्मनिरपेक्ष राष्ट्र बनाउन योगदान दिएका थिए । मानिसको जीवनमा कहिलेकाहीँ यस्ता घटना हुुन्छन् कि ती घटनाले मानिसको सोचलाई ३६० डिग्रीको कोणमा परिवर्तन गरिदिन्छ ।

रत्नाकर डाँकुु परिवर्तन भएर विश्वामित्र ऋषि बनेका हामी सबैले पढेका छौँ । केही वर्षअघि आफ्नी पुुत्री गुुमाएका प्रचण्डले आफ्नो जीवनको उत्तराद्र्धमा आफ्नो ३६ वर्षे पुुत्र गुुमाएका छन् । यो सानो चोट होइन, यो सानो घटना होइन । त्यसैले आशा गर्ने प्रशस्त ठाउँ छ कि प्रकाशको मृत्युुले एउटा नयाँ पुुष्पकमल दाहाललाई जन्माउनेछ । त्यो पुुष्पकमल दाहाललाई जो फेरि कहिल्यै प्रचण्ड बन्ने छैनन् ।
त्यस्तो प्रचण्ड जो नेपालीलाई रुवाएर पनि निर्लज्ज मुुस्कान मुुुस्काउन सक्छन्, त्यस्तो प्रचण्ड जसको नजरमा नेपालीको जीवनको मूूल्य किरा–फट्याङ्ग्राजति पनि छैन अनि त्यस्तो प्रचण्ड जो सत्ता र शक्तिका लागि जस्तोसुुकै फोहोरी खेल खेल्छन् र विदेशीको पाउ सगर्व मोल्छन् । पुुत्र प्रकाशसँगै आशा गरौँ कि त्यस्तो प्रचण्डको पनि मृत्युु भयो ।

जिन्दगीको कुुनै भरोसा हुुँदैन रै’छ र आखिर मरिलानुु पनि केही रै’नछ भन्ने पाठ सिकाउँदै पुुत्र अस्ताएको यो घटनापछि अब आउने दिनहरूमा विगतमा आफूले गरेका तमाम गल्तीहरूलाई सच्याउँदै नेपाल र नेपालीको भलाइलाई मात्रै आफ्नो धर्म र कर्म मान्ने एउटा राजनेता पुुष्पकमल दाहालको उदय हुनेछ कि भन्ने आशाचाहिँ धेरै नेपालीको मनमा जीवित भएको छ ।

वास्तवमा उनले आफूलाई यसरी रूपान्तरित गरेर नेपालीको मुुहारमा मुुस्कान ल्याउन सके भने त्यो नै एउटा पिताको तर्फबाट साँचो अर्थमा पुुत्रप्रति श्रद्धाञ्जली पनि हुुनेछ । त्यसैले आशा गरौँ अब प्रचण्ड, प्रचण्ड रहँदैनन् केवल पुुष्पकमल दाहाल रहन्छन्, जो यस देशका राजनेता बन्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]