पृथ्वीनारायण शाहले एकीकरण गरेको विशाल नेपाललाई टुक्रा टुक्रा गरिदा सेना किन चुप ?

नेपाल पाना १४ मंसिर २०७४, बिहीबार १५:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले हाम्रो मुलुकको बाईसे चोबिसे राज्यहरुमा बाँडिएका वा विभाजित स–साना टुक्राहरुलाई एकिकरण गरेर विशाल नेपालको निर्माण गरे । आज प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट मुलुकको हित विपरीत कार्यहरु हुँदैछ र संघीयताको नाममा मुलुकलाई टुक्रा टुक्रा गरिदैंछ । नेपाली सेनामा पनि प्रश्न चिन्ह खडा हुने वेला आईसकेको छ । नेपाली सेना चुप किन ? गम्भिर कुरा हो ।

नेपाली नागरीकहरु एकजुट नहोस् भन्नको लागि संघीयताको नाममा मुलुकलाई विभाजित गरिदैंछ । हाम्रो मुलुकका लागि संघीयता घातक र अभिसाप हो । यसकारण संघीयतालाई तत्काल खारेज गरिनुपर्छ ।

प्रधानमन्त्री, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग गरी लिनु सम्म फाईदा र सेवा सुविधाहरु लिई लुट्न सम्म लुटि मुलुकलाई बर्वाद पारेर नै छाडे । शहिदको नाम र परिभाषाको समेत दुरुपयोग भईरहेको छ ।

सच्चा राष्ट्रवादी नागरीक र नेपाली सेनाहरुले पनि सोच्नु र मनन् गर्नु प¥यो के हाम्रो मुलुकमा साँच्चिकै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्था छ र ? अमेरिका, चाईना र भारत जस्ता विकसित मुलुकलाई हेर्नुहोस् ? र हाम्रो मुुलुक नेपाललाई हेर्नुहोस् ? प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मुलुक कस्तालाई भनिन्छ स्पष्ट रुपमा थाहा हुने छ ।

राष्ट्रघातीहरु बाट दश बर्षे द्धन्दकालमा प्राय जसो नेपाली सेना, प्रहरी र सर्वसाधरण नागरीकहरुलाई निशाना बनाउने कार्यहरु गरियो । साथै मुलुकको संरचनाहरुलाई पनि तहसनहस र ध्वस्त पार्ने कामहरु भयो । डर, त्रास र धम्कीले गर्दा कयौं सुरक्षाकर्मिहरु जागिर सम्म छाड्न बाध्य भए । नेपाली सेनामा कार्यरत रमिन्द्र क्षेत्रि जस्ता कयौंलाई अपाङ्ग बनाईयो । आखिर के का लागि ? मुलुकको हित र जनहितको लागि हो र ? दश बर्षे द्धन्दकाल सुरक्षाकर्मिहरुका लागि चुनौति पुर्ण थियो नै । अझै पनि सुरक्षाकर्मिहरुको लागि चुनौतिको विषय रहेको छ । जस्तै जिल्ला कैलालीको धनगढीमा एस.एस.पि लक्ष्मण न्यौपानेको नरसंहार गरी हत्या गरियो ।

मुलुकमा संकट आईपरेको बेला मुलुकको रक्षा गर्ने र अघाडि छातिमा गोली खाने नेपाली सेना, सिपाहि र प्रहरी हरु हुन । मुलुकमा ठुलो आपत विपद् आईप¥यो भने प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरु भाग्न भ्याए सम्म मुलुक छाडेर अन्तर्राष्ट्रिय मुलुक भाग्न खोज्छन् । तर नेपाली सेना, सिपाही र प्रहरीहरु आफ्नो जिम्मेवारीहरु बाट पन्छन र उम्कन पाउँदैनन् । राष्ट्रघाती नेताहरुको रक्षा गर्ने किन ? प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन पश्चात पनि मुलुकले निकास पाउँदैन । यसकारण सेनाहरुले कु वा सत्ता आफ्नो हातमा लिनु आवश्यक रहेको छ ।

जब जब मुलुकमा राजनितीक दलका नेताहरुबाट मुलुकमा अराजकता र मुलुकको हित विपरीत कामहरु हुन थाल्दछ तब तब धेरैजसो मुलुकहरुमा सैन्य कु भएको उदाहरण हामीले देखेका छौं । जस्तै जिम्बावेमा हालै सैन्य कु भएको छ । तर जिम्बावेका नागरीकहरुले सैन्य वा सैनिक कु को प्रशंसा र स्वागत गरेका छन् ।

हाम्रो मुलुकमा जिम्बावे आदि आदि मुलुकका जस्ता सचेत नागरीकहरु छैनन् । हामी नेपाली नागरीकहरु अवसरवादी छौं । हामी नेपाली नागरीकहरुले आफ्नो गोडामा आफैंले बन्चरोले हानी रहेका छौं । यसको दुष्परिणाम एक न एक दिन हामी नागरीकहरुले नराम्रो सँग भारी मुल्य चुकाउनु पर्ने दिनहरु आउने छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पश्चात हाम्रो मुलुकमा व्यापक महंगाई, राजश्व र कर वृद्धि हुने छ । र बाह्य हस्तक्षेपहरु पनि अधिकतम् बढ्ने सम्भावना देखिन्छ । वास्तवमा जान्ने हो भने हामी नेपाली नागरीकहरुले मतदान लाई नै बहिष्कार गर्नुपर्छ । २० बर्षमा आज सम्म हामी नागरीकहरुले मुलुकमा उपलब्धि के पायौं ? मुलुकको हित र जनहितको पक्षमा के काम भयो ? अब हामी सबै नागरीकहरुले जिम्बावे जस्तै सैनिक कु को लागि आवाज उठाउनु पर्ने बेला आईसकेको छ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिकः
राकेश कुमार शर्मा
मकवानपुर, हेटौंडा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]