वाम उम्मेदवार झक्कु सुवेदीमाथि देवकोटाको हमला, फेरि थप्पड हान्ने चेतावनी

नेपाल पाना १५ मंसिर २०७४, शुक्रबार १९:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार झक्कु सुवेदीमाथि थप्पड प्रहार गर्ने प्रेमराज देवकोटा एक पटक फेरि चर्चामा छन् ।

भर्खरैको आफ्नो एक अन्तर्वार्तामा वाम गठबन्धनको आलोचना गरेर उनी चर्चामा आएका हुन् । उनले अन्तर्वार्तामा सुवेदीलाई फेरि झापड हान्ने चेतावनी समेत दिएका छन् ।

२०६८ सालमा संविधान नबनाएको र उल्टै कुर्सी तोडफोड गरेर शहीदहरुको अपमान गरेको भन्दै तत्कालीन नेकपा माओवादीका सभासद रहेका सुवेदीलाई देवकोटाले सार्वजनिक रुपमै झापड हानेका थिए ।

अहिले उनले १० वर्षे जनयुद्धका शहीदहरुको भावना विपरित वाम गठबन्धन बनाइएको भन्दै सुवेदीलाई फेरि झापड हान्ने घोषणा गरेका हुन् । ‘शहीदको जनभावना विपरित, माओवादी कार्यकर्ताको हतया गर्ने एमालेसँग वाम गठबन्धन गर्ने माओवादीका झक्कुलाई फेरि थप्पड हानेर बदला लिन्छु,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]