प्रदीप ज्ञवालीविरुद्ध गुल्मीमा एमालेका गोकर्ण र कांग्रेसका चन्द्र भण्डारीबीच रातारात भयो यस्तो सहमति

नेपाल पाना १६ मंसिर २०७४, शनिबार १०:३५ मा प्रकाशित

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी प्रतिनिधिसभा सदस्य उम्मेदवार चन्द्र भण्डारीबीच गोप्य सहमति भएको छ ।

गुल्मीमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले सचिव प्रदीप ज्ञवालीलाई पराजित गर्न एमालेका अर्का सचिव ज्ञवाली र कांग्रेसका प्रभावशाली नेता भण्डारीबीच चुनावी प्रचार प्रसार अभियानकै क्रममा गोप्य सहमति भएको विष्टनिकट उच्च स्रोतले खुलासा गरेको छ ।

प्रदीप ज्ञवालीलाई भारतीय दलाल, केपी ओलीको हनुमानको आरोप लगाउँदै विष्टले भण्डारीसँग यस्तो सहमति गरेको बताइएको छ । पछिल्लो समय केपी ओलीको भारतसँग सम्बन्ध सुधार्न ज्ञवाली विशेष दूतका रुपमा परिचालित हुँदै आएका थिए । ज्ञवालीको दिल्लीदौडधुप र भारतीयसँग उठबस बढेपछि उनलाई भारतीय दलालको आरोप लागेको हो । त्यतिमात्रै होइन भारतको इशारामा ५ नम्बर प्रदेश टुक्राउन खोज्दा प्रदीप ज्ञवालीले खासै विरोध गरेका थिएनन् जति चन्द्र र गोकर्णले गरेका थिए ।

दुई नेताबीच भएको सहमतिअनुसार प्रतिनिधिसभामा गोकर्णले चन्द्र भण्डारीलाई सघाउने र प्रदेशसभामा चन्द्र भण्डारीले गोकर्णलाई सघाउने छन् ।

उसो त एमालेभित्र प्रदीप ज्ञवाली र गोकर्णबीच पदको लडाइँ छ । दुबै सचिव हुँदा अब को अगाडि बढ्ने भन्ने प्रतिस्पर्धा छ । त्यसमा पनि गोकर्णले प्रदीप ज्ञवालीलाई मन पराउँदैनन् । यसकारण पनि गोकर्ण विष्ट चन्द्र भण्डारीसँग हात मिलाउन बाध्य भएको स्रोतको दाबी छ । जसले चुनाव जित्न उही पार्टीमा अघि बढ्ने भएकाले पनि विष्टले भण्डारीसँग यस्तो सहमति गरेको बताइएको छ ।

गुल्मीका कांग्रेस एमाले नेताका अनुसार जिल्लामा गोकर्ण र चन्द्र भण्डारीबीच विगत देखिनै सहकार्य हुँदै आएको छ । पार्टी फरक भएपनि विकासका काममा सहकार्य गरेर अघि बढ्ने गरेबाले अहिलेको सहमति कुनै ठूलो विषय नभएको उनीहरुको धारणा छ । गोकर्ण र चन्द्र भण्डारी मिल्नु कुनै ठूलो कुरा होइन, विगत देखिनै उनीहरु सहकार्य गर्दै आएका , एमालेका एक नेताले भने, बरु जिल्लामा प्रदीप दाई खासै सक्रिय हुनुहुन्न, जति गोकर्ण दाई र चन्द्र दाई हुनुहुन्छ, यो स्वभाविक हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]