ईश्वर पोख्रेलले भ्रष्टाचारको पैसा निर्वाचनमा खर्च गरेको खुलासा, विवेकशील पार्टीले दिएयो प्रमाण

नेपाल पाना १६ मंसिर २०७४, शनिबार १०:४१ मा प्रकाशित

काठमाडौं । विवेकशील पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधी सभाका उम्मेदवार उज्ज्वल थापाले एमालेका महासचिव तथा उम्मेदवार ईश्वर पोख्रेलले पानी ट्यांकीमा पैसा लुकाएको प्रकरण नेपाली जनताले भुल्न नसक्ने बताएका छन् ।

आफ्नो अन्तर्वार्ताका क्रममा संयोजक थापाले राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा प्रतिगमन आधा सच्चियो भनेर ईश्वर पोख्रेल आपूर्ति मन्त्री बनेको सुनाउँदै एमालेको पक्षमा काठमाडौं क्षेत्र नं. ५ का मतदाता नहरकोे बताए ।

‘ईश्वरजी दुईचोटि हारिसक्नुभयो । पहिले जित्नुभएको थियो, पछि लगातार हार्नुभयो । उहाँ त्यति लोकप्रिय नेता होइन’, उनले भनेका छन्, ‘पानी ट्यांकीको प्रकरण अझै ताजै छ । प्रतिगमन आधा सच्चियो भनेर राजाको सरकारमा मन्त्री खान गएको पनि जनताले बिर्सिएका छैनन् ।’

विवेकशील साझा पार्टीलाई जनताले मतदान गर्ने थापाको भनाइ छ । ‘ईश्वर पोख्रेललाई भन्दा विवेकशील साझा पार्टीलाई मतदाताले मन पराउनु हुन्छ’, उनले भनेका छन्, ‘म केही गर्न चाहन्छु ।’

थापाले भनेका छन्, ‘आपूर्तिमन्त्री हुँदा पानी ट्यांकीमा लुकाएर राखेको पैसा ईश्वर पोखरेलले चुनावमा खर्च गरेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]