थिमिमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज

नेपाल पाना १६ मंसिर २०७४, शनिबार १२:४४ मा प्रकाशित

भक्तपुर (रासस) : मध्यपुरथिमि नगरपालिका– ४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो ।

स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी काठमाडाँै (रासस) : वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु […]
नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य काठमाडौँ (रासस): काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने […]
३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ मलेखु । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ […]
बेवारिसे तीन थान पेस्तोल फेला इलाम । निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ । इलाम […]
नेपालद्वारा म्यानमार ३३७ रनले पराजित काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको […]
इलाममा ३.७ प्रतिशत मत बदर जनताको समृद्धि र विकास नै लक्ष्यः नेता नेम्वाङ इलाम । नेकपा (एमाले)का नेता तथा […]