ललितपुरमा महर्जनले छोरो मागेपछि माओवादी नेतृ भुषाल भागिन्, स्थानीयले यसरी लखेटे

नेपाल पाना १६ मंसिर २०७४, शनिबार १९:०२ मा प्रकाशित

काठमाडौं । माओवादीले राजधानी उपत्यकामा लगाएको नाकाबन्दीका कारण छोरा गुमाएका ललिपुरका रामहरि महर्जनले माओवादीका प्रदेश सभा र प्रतिनिधी सभा उम्मेदवारहरुलाई मतदान नगर्न अपील गरेका छन् ।

ललितपुर क्षेत्र नंम्बर ३ मा बाम गठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार बनेकी माओवादी नेतृ पम्फा भुसालले भोट माग्दै जानेक्रममा महर्जनको परिवारले छोरा मारेको आरोप लगाउँदै भोट नदिने जवाफ दिएका हुन् । माओवादीले राजधानीमा लगाएको नाकाबन्दीका क्रममा गाडी नचल्दा छोराको मृत्यु भएको महर्जनले बताए ।

स्थानीयले माओवादी नेतृ भुसाललाई महर्जनको छोरा फिर्ता गर्न आग्रह गरेका थिए । नेवारको छोराले ज्यान गुमाउादा माओवादी खुसी हुने पार्टी हो भन्दै स्थानीयले माओवादी उम्मेदवार भुसाललाई जवाफ लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

महर्जनले माओवादीले राजधानी उपत्यकालाई नाकाबन्दी लगाएका कारण समयमा उपचार गर्न नपाउादा आफ्नो छोराले ज्यान गुमाएको बताए । उनले जनताको दुस्खकष्ट देख्न नसक्ने माओवादीलाई जनताले मतदान गर्न नहुने बताए ।

माओवादी सत्ताभन्दा बाहिर रहेका बेला ६ वर्ष अगाडि काठमाडौं उपत्यकामा नाकाबन्दी लगाएर जनतालाई दुस्ख दिएको थियो । त्यस बेला महर्जनका छोरालाई उपचार गर्न लैजान नसक्दा अकालमा ज्यान गएको थियो ।

स्थानीयले माओवादी नेतृत्व भुसाललाई ज्यानमारा पार्टीको संज्ञा दिंदै विभिन्न सवालजवाफ गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]