कहिलेसम्म आउँछ निर्वाचनको अन्तिम मतपरिणाम ?

नेपाल पाना २० मंसिर २०७४, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम आउने दाबी गरेका छन् ।

काठमाडौंमा सोमबार रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन दिएको बताए । मतगणनामा कुनै अप्रिय घट्नान होस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि पनि निर्देशन दिइएको उनको भनाइ छ । ‘मतगणना छिटो छरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशनजारी गरिसकेका छौं,’ यादवले भने।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्‍याउनको लागिसमेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । ‘मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भूगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराइन्छ’ उनले थपे ।

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावी सुरक्षाको बन्दोबस्त राम्रो रहेको पनि उल्लेख गरेका छन् ।

मौन अवधिमा आचारसंहिता विपरीत काम भएको पाइए आयोगले कडाभन्दा कडा कारबाही गर्ने यादवले चेतावनी दिए । ‘कहीँकतै यस्तो उल्लंघनका घटनाहरु घटेको पाइए आयोगले ठाडै कारबाहीभन्दा पनि उल्लंघनको प्रकृति हेरेर स्पष्टिकरण सोध्छ,’ उनको भनाइ थियो ।

पहिलो चरणमा विकट हिमाली जिल्लामा ६५ प्रतिशत मत खसेको भन्दै उनले दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने अनुमान गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

५२ हजार मतले एमाले अगाडि काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य […]
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज […]
महासचिव पोखरेलबाट पुनको स्वास्थ्यस्थितिबारे जानकारी काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले ग्राण्डी इन्टरनेशनल अस्पताल पुगी दुर्घटनाबाट घाइते […]
प्रधानमन्त्री पदमुक्त ! काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा […]
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो विराटनगर (रासस) : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ […]
काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको […]