नाकाबन्दीका नाइके एवं भारतीय दलाल महतोसँग राष्ट्रवादी ओलीको यस्तो साँठगाँठ, खुल्यो ठूलो रहस्य

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार ११:४५ मा प्रकाशित

काठमाडौं । भारतसँग मिलेर नाकाबन्दी लगाई देश र जनतालाई दुःख दिने अभियानका नाइके राजेन्द्र महतोसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साँठगाँठबारे नयाँ खुलासा भएको छ । धनुषा ३ मा महतोलाई समर्थन गरेर चर्चामा आएका ओलीले सर्लाही ४ मा वाम उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज भएपछि राजपालाई समर्थन गरेको खुलासा भएको हो । साथै ओलीले धनुषा ३ मा विमलेन्द्र निधिलाई हराउन औपचारिक रुपमै महतोलाई समर्थन गरेको घोषणा समेत गरेका छन् ।

सर्लाही ४ बाट प्राप्त सूचनाअनुसार ओलीले महतोमार्फत सर्लाही ४ मा राजपाका उम्मेदवार राकेश मिश्रालाई सर्मथन गरेको हुन् । सर्लाही ४ मा चुनाव लडिरहेका कांग्रेसका प्रभावशाली नेता अमरेशकुमार सिंहलाई जसरी पनि हराउन ओलीले महतोसँग अर्काे साँठगाँठ गरेको तथ्य बाहिर आएको हो ।

एमाले र आम नेपाली जनताको नजरमा राजेन्द्र महतो भारतको इशारामा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने खलनायक हुन् । साथै भारतको बफादार नेता अर्थात भारतीय दलालका रुपमा उनी परिचित छन् । यता केपी ओली भारतको विरोध गरेर राष्ट्रवादी बनेका छन् । उनलाई एमालेले राष्ट्रवादी र राजनेता समेत भन्ने गर्छ । अब यहाँ राष्ट्रवादी र भारतीय दलालबीचको साँठगाँठलाई के भन्ने ? प्रश्न उब्जिएको छ । साथै एमालेको दुश्मनजस्तै देखिएका महतोसँग अध्यक्ष ओलीको साँठगाँठले नेता कार्यकर्तासमेत चकित परेका छन् । भारतीय दलाल एवं भारतबाट अंगीकृत नागरिकता लिएर नेपालमा राज गर्न आएको दलाल महतोलाई समर्थन गरेको भन्दै एमाले मधेसका नेता कार्यकर्ताले ओलीसँग असन्तुष्टि समेत जनाइरहेको सूचना समेत प्राप्त भएको छ ।

अब यहाँ राष्ट्रवादी जनताको भाषामा भारतीय दलालसँग चुनावी तालमेल गर्ने ओली पनि राष्ट्रवादी नभई भारतीय दलाल हुन भन्ने बुझ्दा अन्यथा हुनेछैन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]