बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १४:१८ मा प्रकाशित

भक्तपुर (रासस) : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ ।

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ ।

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् । काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ ।

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताउनुभयो ।

यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ । बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

५२ हजार मतले एमाले अगाडि काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य […]
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज […]
महासचिव पोखरेलबाट पुनको स्वास्थ्यस्थितिबारे जानकारी काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले ग्राण्डी इन्टरनेशनल अस्पताल पुगी दुर्घटनाबाट घाइते […]
प्रधानमन्त्री पदमुक्त ! काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा […]
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो विराटनगर (रासस) : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ […]
काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको […]