चुनावकै दिन काठमाडौंमा समातिए बम पड्काउने ‘विप्लव’का कमाण्डर, प्रहरीलाई ठूलो सफलता

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १५:३० मा प्रकाशित

काठमाडौँ। नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।

एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]