एमालेको पावर देखाएर कुटपिटमै उत्रिए मेयर विद्यासुन्दर, कांग्रेस उम्मेदवारकै छोरामाथि हातपात

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १५:२८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्ना सहयोगीहरुको सहयोगमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ९ का उम्मेदवार ध्यान गोविन्द रञ्जितका छोरामाथि हातपात गरेका छन् ।

बिहीबार काडमाडौंको लगन टोलमा काठमाडौं महानगरपालिकाका २१ नम्बर वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले स्वतन्त्र उम्मेदवारको प्रोक्सी प्रतिनिधिको रुपमा फर्जी प्रतिनिधि बनेर गएको अवस्थामा भेटिएको थियो । उनलाई सो विषयमा कुन् उम्मेदवारको प्रतिनिधि हुन् ? भनेर प्रश्न गर्दा उनी त्यहाँबाट बाहिरिएका थिए । पछि उनले मेयर र उनका सुरक्षाकर्मीहरुको समेत सहयोग मागेर उम्मेदवार रञ्जितका छोरामाथि हातपात गरेका थिए ।

लगनटोल महानगरपालिकाका मेयर शाक्यको घर रहेको ठाउँ हो । उनले स्थानीय जनप्रतिनिधिको अख्तियारीको चरम दुरुपयोग गरेर अन्य काँग्रेस कार्यकर्तामाथि समेत हातपात गरेका थिए । वडाध्यक्ष बज्राचार्यले प्रोक्सीको उत्तर दिन नसकेर बाहिरिएको आधा घण्टापछि मेयर र मेयरका सुरक्षाकर्मीहरु समेत त्यहाँ आएर काँग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन् । यस विषयमा आफूहरुले निर्वाचन आयोगमा पनि उजुरी दिईसकेको काँग्रेस कार्यकर्ताहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]