देउवाले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गरेर ओलीलाई दिए जवाफ, नेपाली जनतालाई के भने ?

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १७:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारम्बार सरकार चुनाव सार्ने खेलमा लागिरहेको आरोप लगाइरहे । प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनाव सार्ने खेलमा लागेको आरोप समेत उनले लगाए ।

तर, आज देउवाको नेतृत्वमा सबै चरणका चुनाव सम्पन्न भएका छन् । यसअर्थमा देउवाले ओलीलाई शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गराएर जवाफ दिएका छन् । संविधान कार्यान्वयनदेखि नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउने यो निर्वाचनमा सबैलाई समेटेर कुशलतापूर्वक सम्पन्न गरेर देउवाले इतिहास रचे । २०६४ सालमा आफू हारेर, पार्टी हारेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभाको सफलतापूर्वक निर्वाचन गरेजस्तै देउवाले पनि शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गरेर आफ्नो सफलतालाई प्रस्तुत गरेका छन् । असफल प्रधानमन्त्री भन्ने एमाले र माओवादीका कार्यकर्तालाई समेत यसले कडा जवाफ दिएको छ ।

नेपालीलाई दिए यस्तो सन्देश

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।

उनले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गरे । प्रधानमन्त्री देउवाले भनेका छन्, “प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु ।”

“ तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको छ, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्नेछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संघीय प्रणालीका सबै अवयवले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै आपसी सहकार्य, सहअस्तित्व र समन्वयमार्फत संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा पु¥याउन सकिएको उल्लेख गर्दै उनले आयोगका सम्पूर्ण पदाधिकारी र परिवार धन्यवादका पात्र भएको बताए । संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]