पाकिस्तानमा हिन्दुहरूमाथि अत्याचार भईरहँदा कतिञ्जेल आँखा चिम्लने ?

  |   प्रकाशित :

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानको सिन्धका दुई हिन्दु किशोरीहरुलाई जबर्जस्ती धर्म परिवर्तन गर्न लगाई मुसलमानहरुले निकाहा गर्न बाध्य पारेको बारे ट्वीट गरिन् । लगत्तै पाकिस्तानी सूचना तथा प्रसारणमन्त्री फवाद हुसैनले मौनता तोडे र उल्टै सो घटनालाई ढाकछोप गर्नतर्फ लागे । 

अन्तरराष्ट्रिय दबाबलाई पाकिस्तानतिर सोझिन नदिन फवादले स्वराजको ट्वीटमा दिएको प्रतिक्रिया अचम्मलाग्दो थियो । किनकी, सिन्धका किशोरीहरुमाथि भएको जबर्जस्ती भिडियोकै रुपमा बाहिर आउँदा पनि फवादले त्यसको सतही प्रतिवाद गरे र पाकिस्तानभित्रका अल्पसंख्यकको हीतमा आफुहरु उभिएको दाबी गरिरहे । तर, त्यतिखेरसम्म पाकिस्तानी अतिवादीहरु विश्वसामु नाङ्गिईसकेका थिए । 

विश्वव्यापी आलोचना हुन थालेपछि पाकिस्तानी अदालतले अल्पसंख्यक हिन्दु किशोरीहरुलाई तत्काल पुनस्र्थापना गर्न आदेश दियो । किशोरीहरुलाई अहिले सुरक्षित स्थानमा राखिएको भनिएको छ, तर त्यसबारे बाँकी विश्वलाई पाकिस्तानले ठोस प्रमाण दिन सकेको छैन । 

विश्वको आँखामा छारो हाल्नका लागि पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले ती किशोरीहरुको अपहरणकर्तालाई कारबाही गर्न आदेश दिएका छन् । तर समस्या झनै गहिरिएको छ । 

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए । तर व्यापक धर्मान्तरण र ज्याजतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ । हिन्दुहरुमाथि भईरहेको अत्याचार झनै झांगिएको छ । यसले पाकिस्तानको सामाजिक सुत्र नै विभक्त भईरहेको छ । अल्पसंख्यक हिन्दु र सो समूदायका महिलाहरुमाथि भईरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन । यस्तो अत्याचार नियमितजस्तै भईरहेको छ । 

यद्यपी : पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्याजती नभएको भन्दै ढाँटिरहेको छ । अल्पसंख्यक हिन्दुहरुबारे पाकिस्तान सरकार संवेदनशील रहेको ओठे प्रतिबद्धता खान प्रशासनले दोहो-याईरहेको छ । 

गत साता मात्रै अपहरण र जवर्जस्ती धर्मान्तरणका १३ वटा घटना दोहोरिएपछि पाकिस्तानको मुखौटा नराम्ररी च्यातिएको छ । यस्ता घटना हुँदाहुँदै र छिमेकी देश भारतकी विदेशमन्त्री सुष्मा स्वराजले प्रश्न उठाउँदा उठाउँदै पनि पाकिस्तानले अपराधीहरुविरुद्ध कुनै कदम उठाएको छैन । मुस्लिम धर्म मान्न हिन्दुहरुमाथि जबर्जस्ती भईरहेको छ । अपहरण गरेर जबर्जस्ती निकाहा गर्न लगाईएकामध्ये अधिकांश किशोरीहरु अन्तराष्टिय मापदण्डभन्दा कम उमेरका छन । 

सिन्धमा मात्रै किन अल्पसंख्यक हिन्दुहरुमाथि चरम अत्याचार भईरहेको छ र धर्मान्तरण गरि किशोरीहरुलाई मुस्लिम बनाईँदैछ भन्ने तथ्य उजागर हुँदा विश्व आश्चर्यचकित भएको छ । किनकी, पाकिस्तानमा अब सिन्ध मात्रै हिन्दुहरुको बसोबास रहेको क्षेत्रका रुपमा कायम छ । सिन्धको उमरकोटमा करिब ५० प्रतिशत हिन्दुहरु बसोबास गर्छन्, जुन ईस्लामिक देश पाकिस्तानका लागि हिन्दु मेटाउन बाँकी रहेको क्षेत्रका रुपमा रहेको छ । 

कूल जनसंख्याको २ प्रतिशतभन्दा पनि कम हिन्दुहरु रहेको पाकिस्तानमा पछिल्लो समय यो मात्रा बढिरहेको छ । हिन्दु धर्मालम्बी समुदायमा जनसंख्या बृद्धिदर १४७ प्रतिशतभन्दा बढी छ र संख्याका हिसाबले यो झन्डै ३३ लाख हो । 

हिन्दुहरुको बृद्धिलाई पाकिस्तानमा भईरहेको घटनासँग छुट्याएर हेर्न सकिँदैन । तथ्य त यो हो कि पाकिस्तानले यसलाई विस्फोटक जनसंख्या बृद्धिका रुपमा हेरेको छ र पाकिस्तानको सर्वोच्च अदालतले पनि जनसंख्याको तीब्र बृद्धिलाई विपदको रुपमा चित्रण गर्दै रोक्नुपर्ने आदेश दिएको छ । यसको सीधा अर्थ हुन्छ : जुनै हालतमा हिन्दुहरुको जनसंख्या बृद्धि रोक्ने । 

यसैको परिणाम हो कि अहिले अल्पसंख्यक हिन्दुहरुमाथि अत्याचार, अपहरण र जबर्जस्ती धर्मान्तरण पाकिस्तानको दैनिक घटना बनिरहेको छ । बर्मिङ्घम विश्वविद्यालयले हालै पाकिस्तानको सिन्धमा जबर्जस्ती धर्मान्तरण र विवाह शीर्षकको  एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । 

'द अरुत फाउन्डेशन एन्ड द मुभमेन्ट अफ सोलिडारिटी एण्ड पीस' (एमएसपी) का अनुसार अहिले पाकिस्तानमा प्रत्येक बर्ष १ हजार किशोरीहरुलाई बन्धक बनाई जबर्जस्ती धर्मान्तरण गरि निकाहा गराईने गरिएको छ । हिन्दुहरुमा मात्र नभई पाकिस्तानका सबै अल्पसंख्यकहरुमाथि यस्तो अत्याचार र अपराध भईरहेको एमएसपीको प्रतिवेदनमा उल्लेख छ । हरेक महिना १५ जना हिन्दु किशोरीहरुको अपहरण भईरहेको छ र उनीहरुलाई जबर्जस्ती बलात्कार गरि बेचिएको छ । मानव बेचबिखनको चपेटामा परेको यस्ता किशोरी र युवतीहरुलाई जबर्जस्ती वेश्यावृत्तीमा लगाईएको छ । 

माथि उल्लेखित तथ्यांक सिन्धको मात्र हो । अन्य क्षेत्रमा भईरहेका यस्ता अपराधबारे पाकिस्तान प्रहरी, वकिल र कानूनी पर्यवेक्षकहरुले मौलाना तथा अन्य मुस्लिम धर्मका प्रमुखहरुको इशारामा कुनै कदम चालिरहेका छैनन । उनीहरुले पाकिस्तानी हिन्दुहरुको सुरक्षा र अधिकारका बारेमा पनि मौनता साँधिरहेका छन् । 

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ । हिन्दु महिलाहरुमाथि भएको अपराधका केशहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याईएको छ । न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ । यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्टमध्ये १५० औं स्थानमा छ, जबकी यो तुलना १५३ राष्टहरुभित्र मात्रै भएको हो ।

पाकिस्तानमा हिन्दुहरुमाथि जे भईरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाईरहेको छ । पाकिस्तानी हिन्दुका परिवारहरुले आफ्ना छोरीचेली गुमाईरहेका छन् । अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन् । 

पाकिस्तानका हिन्दुहरु गरीब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन । यसैकारण अधिकांश हिन्दुका बालबच्चाहरु विद्यालय जान समेत पाएका छैनन । कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन् । 

केही मध्यमवर्गीय हिन्दुहरुको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन । हिन्दु अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आंकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ । 

यो पनि पढ्नुहोस् : पाकिस्तानमा हिन्दुहरूमाथि आततायी दमन बढ्यो, दुई किशोरीको अपहरण गरि जबर्जस्ती 'निकाह'

हरेक बर्ष करिब ५००० हिन्दुहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताईरहेका छन् । किनकी, उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन् । यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दुहरुको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराईरहेको छ । 

भारत आईसकेका हिन्दुहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन्, किनकी रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन । पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दुहरु पाकिस्तानमै छन् । हिन्दुहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो । 

दिल्लीस्थित क्याम्पका हरेक हिन्दुहरुसँग कहालीलाग्दो विगत छ । हरेक पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा पनि कठिन अवस्था भोगिरहेका छन्, जस्तो कि भारत आश्रित अन्य देशका शरणार्थीहरुले भोगिरहेछन् । सुविधाका लागि भन्दा पनि ज्यान जोगाउन पाकिस्तानबाट भारत आईपुगेका हिन्दुहरु जिउँदै रहेकोमा खुशी देखिन्छन् ।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दुहरुको प्रतिनिधित्व गर्छ । तर विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो ।

भारतविरोधी कुनै आतंकवादी आफृ्नो भूमीमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानवअधिकार पुरै सुरक्षित छ । तर यस्तो पाकिस्तानी दावा सरासर झुटको पुलिन्दा सिवाय अरु केही होईन । पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन् । तर जतिपटक दोहो-याएपनि झुठ सत्यमा बदलिन सक्दैन । 

ईमरान खानको नयाँ पाकिस्तानमा कुनै परिवर्तन भएको छैन । उनका मन्त्रीहरु उही पुरानै झुठो कुरा गरिरहेका छन् कि त्यहाँ अल्पसंख्यकहरु खुशी र सुरक्षित छन् । तर, हिन्दु र ईसाईजस्ता अल्पसंख्यक समुदायले पाकिस्तानमा जुन यातना, अत्याचार र अपराध भोगिरहेका छन्, त्यो सामान्य अवस्थाका मानिसहरुको कल्पना बाहिरको यथार्थ हो । 
(दियालोडटकममा प्रकाशित साैम्यादिप्त बनर्जीको लेख)

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech