हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

  |   प्रकाशित :

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ । 

निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखरामा विकास भएको स्थानीय चिसो वायुसँग बंगालको खाडीबाट आएको तातो बायु ठोक्किँदा बारामा विनास मच्चिएको हो । 

अरेबियन सागरबाट आएको पश्चिमी बायुसँग मिसिएको पोखराको स्थानीय चिसो वायु मिसिएर दक्षिण पूर्वी दिशा हुँदै चितवनतर्फ चलेको थियो । बंगालको खाडीबाट पनि उत्तर पश्चिम हुँदै बारा र पर्सातर्फ तातो हावा बहेको थियो ।

वेगका साथ पोखराबाट बहेको चिसो वायु र बंगालको खाडीबाट आएको चिसो वायु जोडले ठोक्किँदा शक्तिशाली भूमरी ९० किलोमिटर प्रतिघण्टाको गति पैदा भयो ।

यही विनाशकारी हावाहुरीमा परि ३० जनाको मृत्यु भयो भने झन्डै ८०० जना नागरिक घाईते भए । हजारौं भौतिक संरचनामा क्षति पुग्यो ।
 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech