आज नेवार समुदायको पाहाँचःह्रे पर्व 

  |   प्रकाशित :

काठमाडौं । नेवार समुदायले आज पाहाँचःह्रे पर्व धुमधामका साथ मनाउँदैछन् । पाहाँचःह्रे नेवारी समुदायको ठूला चाडपर्वमध्यमा पर्छ । 

भद्रकाली, टेबहाल, ककेश्वरलगायत विभिन्न स्थानमा अजिमाहरुलाई विशेष पूजा गरि घोडेजात्राको अघिल्लो दिन पाहाँचःह्रे पर्व मनाउने गरिन्छ । खासगरि लुकीरहेको महादेवको पुजा गर्ने चलन यो पर्वमा छ । 

पशुपतिस्थित बछलेश्वरी अजिमासहितलाई भोली हुने खट जात्राको तयारीस्वरुप आज मन्दिर बाहिर राखिन्छ ।

टोखामा आजैदेखि लिंगो ठडयाएर विस्केट जात्रा पनि आजैदेखि शुरु हुन्छ । टोखाको विस्केट जात्रा सकिएपछि साँगाको विस्केटजात्रा शुरु हुन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech