चैतेदशैं शुरू : शक्तिपीठमा भक्तजनको घुइँचो


नेपालपाना प्रकाशित: २०७५-१२-२३ गते
चैतेदशैं शुरू : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाण्डौ । चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ । 

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र सुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भिड लागेको छ । 

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





बिस्केट जात्रामा ढुंंगा हानाहान, ९ जना घाईते 
बिस्केट जात्रामा ढुंंगा हानाहान, ९ जना घाईते 

भक्तपुर । बिस्केट जात्राको अन्तिम दिन हिजो बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ । ढुंगा लागेर ९ जना घाईते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका १३..

सप्तरीको शम्भुनाथ मन्दिरमा नयाँ वर्ष सङ्गै एक महिने मेला शुरु
सप्तरीको शम्भुनाथ मन्दिरमा नयाँ वर्ष सङ्गै एक महिने मेला शुरु

सप्तरी । नयाँ बर्ष शुरु भएसँगै सप्तरीको शम्भुनाथ मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।  पुर्व पशिम राजमार्गको दक्षिणमा अबस्थित उक्त मन्दिर परिसर भित्र प्रत्ये..

हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन
हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन

वि.सं २०७५ बैशाख २६ गते बुधवार  बिहान ५ बजेको समय दुई दिन पहिलेको आपसी सल्लाह र निधोअनुसार दाई मदनकुमार आचार्य, रणेन्द्रबिक्रम केसी, रण्ोन्द्रबिक्रम केसीकी छोरी रेजा केसी..

सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो
सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु-याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघ..