मिथिलामा धुमधामकासाथ चैती छठ मनाइदैँ, किन मनाइन्छ छठ ?, जनविश्वास के छ ?


नेपाल पाना प्रकाशित: २०७५-१२-२५ गते
मिथिलामा धुमधामकासाथ चैती छठ मनाइदैँ, किन मनाइन्छ छठ ?, जनविश्वास के छ ?

मिथिला । प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ ।

चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैतीछठ सम्पन्न गरिने परम्परा रहेको छ ।

चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने गरिन्छ । व्रती महिलाबाट सो दिन भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोजस्ता वस्तुहरु परित्याग गरी यसै दिनदेखि व्रत बस्न शुरु गरिनछ ।

पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् ।

राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस दिनदेखि व्रती महिला पूर्णव्रत लिनुपर्ने परम्परा रहेको भनाइ छ ।व्रतको तेस्रो दिन पञ्चमी तिथिका दिन गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ ।

सोही दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अर्घ्य दिइन्छ । भोलिपल्ट पर्वको अन्तिम दिनलाई पारन भन्ने गरिन्छ । षष्ठीको दिन एकाबिहानै सूर्य देवतालाई बिहानीको अघ्र्य दिएर यो पर्व सम्पन्न गरिन्छ ।

महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ । त्यस्तै सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा शुरु भएको मान्यता रहिआएको छ ।

शाम्ब पुराणअनुसार आफ्नै पिता भगवान् कृष्ण तथा महर्षि दुर्वासा ऋषिको सरापबाट कुष्ठरोगपीडित शाम्बले सूर्यको आराधना गरेपछि सो रोगबाट मुक्त भएको भनाइ रहेको छ । भनिन्छ सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासना गरेपछि मुक्ति पाएका थिए ।

छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको बताइन्छ । यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । मिथिला क्षेत्रमा यो पर्वको तयारी एक महीना पहिलेदेखि गर्न थालिन्छ ।

पहिले–पहिले चैतीछठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैतीछठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर
गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर

अफ्रिका । गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।&..

फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...
फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...

कास्की । फेलातालमा अलपत्र परेका ३ जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ । पोखराको लेकसाईडस्थित फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी आएको हावाहुरीको कारण अलपत..

आपूर्तिमन्त्री यादव भन्छन्: उत्पादन बढाउन श्रमको सम्मान गर्नुपर्छ, के मन्त्री यादव सपना पुरा हुन्छ त ?
आपूर्तिमन्त्री यादव भन्छन्: उत्पादन बढाउन श्रमको सम्मान गर्नुपर्छ, के मन्त्री यादव सपना पुरा हुन्छ त ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् । नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक सा..

अध्यक्ष थापासहित दर्जन नेता शान्तिबाटिकाबाट पक्राउ
अध्यक्ष थापासहित दर्जन नेता शान्तिबाटिकाबाट पक्राउ

काठमाडौं । शान्तिबाटिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता..