फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)


फरक कारोबारमा एउटै रसिद प्रयोगदेखि गाउँको मालपोत राजस्वमा/शहरको खल्तीमा !
नेपालपाना प्रकाशित: २०७५-१२-२७ गते
फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

पर्सा । भ्रष्टाचार गरि फरार सिमरा मालपोतका तत्कालिन कार्यालय प्रमुख मदन गुप्ताले व्यापक अनियमितता गरेको प्रमाण भेटिएको छ ।

एकै व्यक्तिको सेटिङमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको र मालपोत कार्यालय सिमरामा किर्ते कागजात बनाई जग्गा किनबेच भईरहेकोबारे व्यापक गुनासो आएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली नै बारा र पर्सामा खटिएको थियो । अख्तियारको टोलीले फागुन ३० गते सिमरा र लगत्तै पर्सास्थित वीरगञ्ज मालपोत कार्यालयमा छापा मारि सम्पूर्ण कागजात जफत गरेको थियो । 

नेपालपानालाई प्राप्त प्रमाणअनुसार गुप्ताले एउटै संकेत नम्बर राखी सेवाग्राहीलाई फरक–फरक मालपोत रसिद दिएका छन् । मालपोत कार्यालय पर्सा, वीरगंजमा रहँदा निजले जग्गा राजीनामा र बकसपत्र गरिएका छुट्टाछुट्टै रसिदमा एउटै संकेत नम्बर राखी राज्यले प्राप्त गर्नुपर्ने राजस्व कुम्ल्याएका हुन् । 


फरक सेवाग्राहीलाई दिइएको एउटै नम्बरको बील ।

रौतहट स्थायी घर भएका गुप्ताले करिब ८ बर्ष वीरगञ्ज मालपोतमा काम गरेका थिए । त्यसपछि सिमरा मालपोतमा पुगेका गुप्ता अख्तियारले छापा हान्ने सूचना पाएपछि फागुन २८ गतेदेखि नै फरार छन् । 

मालपोतकै कर्मचारीको मिलेमतोमा किर्ते कागजात बनाई मिलेमतो गरिएपछि जिल्ला प्रशासन कार्यालय बाराले नै अख्तियार गुहारेको थियो । जिल्ला प्रशासनले फागुन २२ गते आयोगको हेटौंडा कार्यालयलाई पत्र लेखेपछि केन्द्रिय टोली नै बारा र पर्सामा खटिएको थियो । 

अख्तियार स्रोतका अनुसार गुप्ताले भूमाफियासँग मिली भ्रष्टाचार गर्न किर्ते नागरिकता नै बनाउने गरेको खुलेको छ । उपसचिवको दरबन्दी रहने सिमरा मालपोतमा नायब सुब्बा पदका गुप्ताले राजनीतिक पहुँचका आधारमा जिम्मेवारी सम्हाल्दै आएका थिए । 

अर्बको भ्रष्टाचार, जताततै सम्पति 
मालपोतमा काम गर्ने नायब सुब्बासरहको कर्मचारी रहेका गुप्ताले १ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पति जोडेको स्रोत बताउँछ । 

स्रोतका अनुसार गुप्ताले छोरी र ज्वाईको नाममा करोडौं अकुत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु रहेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएको प्रमाण भेटिएको छ । 


गुप्ता दम्पती ।

नायब सुब्बाको जागिरे गुप्ताले करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको गाडी चढ्ने गरेका थिए । भू माफियाहरुको समूह बनाई विभिन्न जग्गा खरिद र किर्ते गरेका निज गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा विरगञ्ज महानगरपालिका–१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेको देखिएको छ । 

निज जगत नारायणसहित मुकेश प्रसाद नाम गरेका र श्याम तिमल्सिनाले भ्रष्टाचार गरि गुप्ताले आर्जन गरेको अकुत धन बजारमा लगानी गर्ने गरेको प्रमाण समेत भेटिएको छ । मुकेश प्रसादले नै मदनको रकम लगानीका लागि सेटिङ मिलाउने गरेका थिए ।

कहाँ छन् गुप्ता ? 
अख्तियारले छापा मार्नुभन्दा २ दिन अघि फागुन २८ गतेदेखि नै मदन गुप्ता फरार छन् । 

भारतको बिहारस्थित सितामढीमा रहेको ससुरालीमै लुकेर बसेको स्रोतले दाबी गरेको छ । गुप्तासँगै निजका सहयोगीहरु समेत अहिले फरार छन् । 

गुप्ताको कारोबार हेर्ने नजिकका सदस्यहरु पनि निजसँगै सीतामढी र भारतका विभिन्न स्थानमा रहेको बुझिएको छ ।

किन बोल्दैन अख्तियार ? 
सिमरा र बारा मालपोतमा फागुन अन्तिम साता नै छापा हानेको अख्तियारले अहिलेसम्म निकै ठूलो आकारमा गरिएको यो भ्रष्टाचार प्रकरणबारे अहिलेसम्म मौनता साँधेको छ । 

अख्तियार स्रोतका अनुसार अहिले यो भ्रष्टाचारमा संलग्न ३२ जनामाथि अनुसन्धान भईरहेको छ । पछिल्लो पटक यो घोटालामा थप व्यक्तिहरुको संलग्नता समेत देखिएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा
अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा

(आजतकबाट अनुवादित) पाकिस्तानको आर्थिक स्थिति सुधार्ने कोशिस गरिरहेका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन् । चरम आर्थिक संकटमा फसिरहेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै, य..

उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''
उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटन..

एनआईसी एसिया बैंकको बदमासी : 'मिस्टेक' गरेरै चेकबुक दिने र राखेको रकम झिक्नै नदिने
एनआईसी एसिया बैंकको बदमासी : 'मिस्टेक' गरेरै चेकबुक दिने र राखेको रकम झिक्नै नदिने

काठमाडौं । बाणिज्य बैंक समूहमा अब्बल दाबी गरिरहेको एनआईसी एसिया बैंकले खाता खोलेका ग्राहकलाई अधुरो चेकबुक बनाईदिने र पछि रकम झिक्न जाँदा सोही त्रुटि देखाएर खाली हात फर्काउने ग..