खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

  |   प्रकाशित :

काठमाडौं । ‘साउदी अरबमा आएका नेपाली घरेलु कामदारको बारेमा सबैले जानकारी लिनुपर्ने महत्वपूर्ण कुरा के छ भने यी सबै महिला कामदार आफ्नो घर/गाउँको नाताकोरचिनेजानेकोरदलालको सहयोगमा राहदानी बनाइ भारतको बाटो हुँदै बम्बइ पुग्छन्। र, त्यहाँ म्यानपावर एजेन्टले भिसा उपलब्ध गराएपछि साउदी अरबलगायत खाडी मुलुकमा आउँछन्। केही अरुको राहदानी प्रयोग गरी आउने गरेका छन्। धेरैले परिवारको सहमती नै नलिइ हिंडेका हुन्छन्। कसैले नगद २०-३० हजार रुपैंया आफूलाई पठाइदिने व्यक्ति वा दलाललाई बुझाएका हुन्छन् त कसैले नेपाल फर्किएपछि दिने बाचा गरेका हुन्छन्।

बम्बइको भारतीय एजेन्टले भिसा उपलब्ध गराएपछि धेरैजसो साउदी रियाल ४ सय ९अर्थात झण्डै ८ हजार रुपैंया० मासिक तलबमा सहमती जनाइ साहुको घरमा काम गर्न पुग्छन् भने कोही रियाद्, दमाम, जेद्दा जस्ता शहरका महिला कामदार आपूर्ति केन्द्रमा आइपुग्छन्। त्यहाँबाट साउदी साहुले उमेर, जिउडाल, रुप, अरबीरअंग्रेजी भाषाको ज्ञान भएकोरननभएको आधारमा १२ हजारदेखि १६ हजार साउदी रियालमा खरिद गरी लैजान्छन्। ती खरिद गरिएका घरेलु कामदारको काममा चित्त नबुझेमा साहुले आफ्नो रकम फिर्ता पाउन ती कामदारहरुलाई उक्त आपूर्ति केन्द्रमा केही समयका लागि छाडिदिन्छन्।

त्यस अवधीमा अर्को साहुले ती कामदारलाई खरिद गरी लगेमा पहिलेको साहुको रकम फिर्ता हुन्छ। यस क्रममा कुनै महिला कामदारहरुले ७/८ साहुहरुको खरिदबिक्रीको साधन बनिसकेको सत्यतथ्य पनि व्यक्त गरेका छन्। आपूर्ति केन्द्रबाट पुन बिक्री हुन नसकेका वा बिरामी भइ काम गर्न नसक्ने कामदारहरुलाई सम्बन्धीत साहु र आपूर्ति केन्द्रले राजदुताबासको गेटमा लगी छाडिदिने गरेका छन्।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech