अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

नेपाल पाना प्रकाशित: २०७४-१०-२९ गते | 124694 पटक हेरिएको
अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

काठमाडौं । प्रदेश नम्बर ३ को एमाले संसदीय दलको निर्वाचनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका खेलेको तथ्य बाहिरिएपछि नेकपा एमालेमा उनी विवादमा तानिएकी छन्।

माधव नेपाल समूह उनसँग रुष्ट बनेको छ। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले राष्ट्रपति भण्डारीले आफू निकट डोरमणि पौडेललाई जिताउन भुमिका खेलेर मुख्यमन्त्रीको बाटो खोलिदिइन भने अर्काेतर्फ पहिलो महिला मुख्यमन्त्रीमा चर्चा गरिएकी शाक्यलाई अघि बढ्न रोकिन। राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक अर्काका प्रतिष्पर्धी थिए । किनकी दुबै उपाध्यक्ष थिए। आफू राष्ट्रपति बनिसकेपछि पनि भण्डारीले शाक्यलाई बदलास्वरुप प्रदेश प्रमुख हुन दिइनन् ।

प्रदेश ३ चुनावमा राष्ट्रपतिको विशेष पहलमा सबै ३४ जना सांसदलाई बेलुका अबेरसम्म होटलमा राखेर केपी ओलीले प्रशिक्षण दिएका थिए । ओली आफैंले शाक्यलाई बोलाएर चुनावी स्थिति कस्तो छ भनी बुझेका थिए ।

शाक्यले अध्यक्षको भूमिका तटस्थ भएमा चुनाव जित्ने आशय व्यक्त गरेकी थिइन् । ओली र शाक्यबीच भेट भएको थाहा पाए लगत्तै ओली खेमाले शीतलनिवासलाई गुहारेका थिए ।

शीतलनिवासमा भण्डारीले शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री मान्न नसकिने भनेर ओलीलाई उठबस् गर्न नदिएपछि बाध्य भएर ओली आफैंले भेला बोलाएका थिए । जसको सबै संयोजन भित्री रुपमा शीतलनिवासले मिलाएको थियो । प्रदेश नम्बर ३ को चुनावमा विध्यादेवी भण्डारी आफैं लागेर अष्टलक्ष्मी शाक्यलाई हराएपछि उनलाई पनि ओलीको किचेन क्याविनेटकै रुपमा अथ्र्याइएको छ ।

प्रदेश ३ को चुनावमा आफू पक्षधर डोरमणि पौडेललाई जिताउन उनले राष्ट्रपति कार्यालयको श्रोत समेत उपयोग गरेको माधव नेपाल समूहको आरोप छ । माधव नेपाल समूह आफूले अघि सारेको उम्मेदवार पराजित भएपछि आफू निकटका सांसद्हरुको विशेष भेला गरेको थियो ।

भेलामा शाक्यलाई हराउन राष्ट्रपति भण्डारी समेतको संलग्नताबारे समेत छलफल भएको छ । एक नेताले भने “एमालेभित्र फरक मत राख्नेलाई त खेदो खन्ने ओली समूहले माओवादी मिसिएपछि उनीहरुलाई कस्तो व्यवहार गर्ने हुन् ।”

ओली र वर्तमान राष्ट्रपति भण्डारी माओवादीका कट्टर आलोचक हुन् । माधव नेपाल समूहको भेलाका सहभागीहरुले शाक्यलाई हराउन बाहिरी सतहमा पार्टी अध्यक्ष केपी ओली देखिएको बताएका थिए ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..