यु–१९ विश्वकप छनोट : नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान निरिह, ७ विकेटको क्षतिमा जम्मा ८६ रन 

  |   प्रकाशित :

क्वालालाम्पुर । बायोमास ओभलमा भईरहेको आईसीसी यु–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाली बलरहरुले मलेसियाका ब्याट्म्यानहरुलाई चरम दबाबमा राखेका छन् ।

२५ ओभरको खेल सकिँदा मलेसियाको ७ विकेट उडिसकेको छ । मध्यक्रमका ब्याट्सम्यानहरुलाई समेत नेपाली बलरहरुले धमाधम पेभेलियन फकाईरहेका छन् । 

टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले पहिलो ओभरमै मलेसियाको विकेट उठाईदिएको थियो । पहिलो ओभरको तेस्रो बलमा नेपालका कमलशिंह ऐरीले मलेसियाका अस्लम खानको विकेट झारिदिएका थिए । त्यसयता सम्हालिएर खेल्न नसकिरहेको मलेसियाले लगातार विकेट गुमाईरहेको छ । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने पानी परेपछि युएईसँग डीएल मेथोडमा १ रनले पराजित भएको थियो ।

अब नेपालले विश्वकप छनोटका लागि सबै खेल जितेपनि युएईले एक खेल हार्नैपर्ने हुन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech