यु–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा 'अलआउट'


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
यु–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा 'अलआउट'

क्वालालाम्पुर । बायोमास ओभलमा भईरहेको आईसीसी यु–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको फितलो चुनौती दिएको छ । 

टस जितेर फिल्डिङ रोजेको नेपाली टीमका बलरहरुले मलेसियाली ब्याट्सम्यानहरुलाई पहिलो ओभरदेखि लगातार पेभेलियनको बाटो देखाईदिएपछि घरेलु टोली सस्तो रनमा समेटिएको हो । 

नेपालका लागि कुशल मल्ल र पवन सर्राफले ३÷३ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट लिएका छन् । २५ ओभरसम्मको खेल सकिँदा नेपाली बलरहरुले मलेसियाको ७ विकेट लिईसकेका थिए । 

टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले पहिलो ओभरमै मलेसियाको विकेट उठाईदिएको थियो । पहिलो ओभरको तेस्रो बलमा नेपालका कमलशिंह ऐरीले मलेसियाका अस्लम खानको विकेट झारिदिएका थिए । त्यसयता सम्हालिएर खेल्न नसकिरहेको मलेसियाले लगातार विकेट गुमाईरहेको छ । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने पानी परेपछि युएईसँग डीएल मेथोडमा १ रनले पराजित भएको थियो ।

अब नेपालले विश्वकप छनोटका लागि सबै खेल जितेपनि युएईले एक खेल हार्नैपर्ने हुन्छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





राष्ट्रिय महिला खेलकूदमा  निरु थापाको ह्याट्रिक
राष्ट्रिय महिला खेलकूदमा  निरु थापाको ह्याट्रिक

घोराही । आठौँ राष्ट्रिय महिला खेलकूदअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकि छिन्।  प्रतियोगिता यही वैशाख ४ गतेदेखि दाङको बेलझुण्डी रङ्गशाल..

राष्ट्रिय खेलकुद: प्रदेश ५ द्वारा एपीएफ पराजित
राष्ट्रिय खेलकुद: प्रदेश ५ द्वारा एपीएफ पराजित

नेपालगन्ज । प्रदेश नम्बर ५ ले विभागीय टोली शसस्त्र प्रहरी बलको टोली एपीएफलाई पराजित गरेको छ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा शुक्रबार खजुराको &l..

युरोपा लिग : गोलको बर्षा नै भएको खेलमा चेल्सीले प्रागलाई हरायो
युरोपा लिग : गोलको बर्षा नै भएको खेलमा चेल्सीले प्रागलाई हरायो

एजेन्सी । युरोपा लिगअन्तर्गत गएराती भएको खेलमा लण्डनको क्लब चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई पराजित गरेको छ । प्रागमाथि दोस्रो लेगको खेलमा ४–३ को संघर्षपूर्ण..

आईपीएल : मुम्बईले दिल्लीलाई ४० रनले हरायो
आईपीएल : मुम्बईले दिल्लीलाई ४० रनले हरायो

एजेन्सी । जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहिबार बेलुकी भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । यो जितसँगै मुम्बई अंक त..