चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम बढ्यो, कारण खोजिँदै


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम बढ्यो, कारण खोजिँदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । 
एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो ।

“चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले अध्ययन शुरु गरेका छौ”, विभागका प्रवक्ता विष्णु श्रेष्ठले भने, “विभागकै उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा विज्ञसहितको टोलीले गैँडा मर्नुका कारण र इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोलीले निकुञ्जमा गैँडाको पारवहन क्षमता र वासस्थानको अवस्थाबारेमा अध्ययन गरि रहेको छ ।” 

दुवै टोलीले प्रारम्भिक तहको अध्ययन गरी सकेको र विस्तृत अध्ययन गरेपछि यसका कारण सार्वजनिक गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





भारतीय जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द
भारतीय जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

नयाँदिल्ली । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ ।&nbsp..

हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन
हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन

वि.सं २०७५ बैशाख २६ गते बुधवार  बिहान ५ बजेको समय दुई दिन पहिलेको आपसी सल्लाह र निधोअनुसार दाई मदनकुमार आचार्य, रणेन्द्रबिक्रम केसी, रण्ोन्द्रबिक्रम केसीकी छोरी रेजा केसी..

जुम्ला विमानस्थल २० दिन बन्द हुने
जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । अघिल्लो पटक २०७५ कार्त..

नेपाललाई १८ करोड बक्यौता नतिर्दै भारतको जेट एअरवेजको उडान बन्द
नेपाललाई १८ करोड बक्यौता नतिर्दै भारतको जेट एअरवेजको उडान बन्द

काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका..