डिभी के हो ?, कसरी भर्ने ? अमेरिकाले हजारौँ नागरिकलाई भित्र्याउँछ किन ?


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
डिभी के हो ?, कसरी भर्ने ? अमेरिकाले हजारौँ नागरिकलाई भित्र्याउँछ किन ?

काठमाडौं । अमेरिकाले हरेक वर्ष नेपालीसहित विश्वका विभिन्न मुलुकका हजारौँ नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

आखिर के हो डिभी ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुआत गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्राबधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

कसरी भर्ने डिभी ?

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डिभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डिभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डिभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डिभी चिठ्ठा परेरनपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डिभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए÷नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





विद्युत पोल सार्ने क्रममा पोल ढल्यो, करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु
विद्युत पोल सार्ने क्रममा पोल ढल्यो, करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु

काठमाडौं । तारकेश्वर नगरपालिका–१ साङलाछापमा बिद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु भएको छ । पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागे..

सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण
सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण

दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक वनमा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।   गाँउपालिका कार्यालय र चिरीयाघार बजारदेखि झण्डै डेढ..

विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा
विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा

अर्घाखाँची । विप्लप पार्टीका  २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका हुन् ।  विप्लव माओवादी जिल्ला सदस्यहरु अर..

पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश
पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाबाट सरकारको नाममा आज(शुक्रबार)&..