मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

रासस/गोपालप्रसाद पोखरेल  प्रकाशित: २०७४-९-१८ गते | 209 पटक हेरिएको
मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

-

मोरङ । तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । 

तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । 

आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभएको छ । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आउनुभएको छ । 

खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उहाँ बताउनुहुन्छ । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार÷पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ । 

२०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गर्नुभएको हो । अहिले २०० घारसम्म पाल्न सफल हुनुभएको छ । उहाँले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । 

वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजीअर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने रु ३० लाख बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी रु ६०० को दरले बिक्री वितरण गर्ने गरेको उहाँले सुनाउनुभयो । 

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने
दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३÷७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको आ..

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने
नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

पथरी ।  नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।  अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३&div..

नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ : अर्थमन्त्री
नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ : अर्थमन्त्री

काठमाडौँ ।  अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश..

एक खर्ब ५१ अर्ब वैदेशिक लगानी
एक खर्ब ५१ अर्ब वैदेशिक लगानी

काठमाडौँ । मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लग..