नैतिकताले समाज परिवर्तन गर्न सकिन्छ : बंशी कुमार

  |   प्रकाशित :

काठमाडौं । आर्थिक लेनदेनमात्र भ्रष्टाचार होइन । भ्रष्टाचारका स्वरुप धेरै छन् । अनैतिक कार्य गर्नु, भ्रममा पार्नु, छलकपटी गर्नु, कालोबजारी गर्नु, राष्ट्रसेवक कर्मचारी समयमा अफिस नजानु, शिक्षक कक्षाकोठामा जान ढिलाइ गर्नु, सेवा प्रदान गर्ने निकायले राम्रो सेवा नदिनु जस्ता अनेकौ ढिलाई सुस्ती लगायत ठग्ने प्रवृत्ति नै भ्रष्टाचार हो । जहा“ छलछाम गरी, झुक्याई जनतालाई भ्रममा पार्न खोजिन्छ, शक्तिको दुरुपयोग गरी अतिरिक्त लाभ आर्जन गर्ने, कमिसन दिने लिने, मानमर्यादाको दुरुपयोग गरी धन आर्जन गर्ने  त्यो पनि भ्रष्टाचार हो । भ्रष्टाचारको स्वरुप सानो र ठूलो मात्र हुन्छ । 

    मानव जातिले जति आडम्बर गर्छ त्यो उसैका लागि घातक हुन जान्छ । अहिले मानिसहरु बाहिरी सजावटमा मख्ख देखिने गरेका छन् भित्रभित्रै कंगाल भएको आफैलाई थाहा छैन । भौतिक संरचनामा देखिएको सुुख नै भ्रष्टाचारको जरो हो । जबसम्म मानिसमा शहनशिलता, नैतिकता र भौतिक सुखमा बाहेक अन्यत्र पनि आनन्द छ भन्ने ज्ञान आउदैन तबसम्म भ्रष्टाचारमा कमी हु“दैन् । श्रीमद्भागवत गितामा भनेको छ । 

अन्यायो पार्जितो नैत्र द्रव्येन सुकतं कृत 
नकीर्ति रिहलोकेच परलोकेच तत् फल ।

      अन्याय गरेर कमाएको धनले मनमा शान्ति हु“दैन र समाजमा किर्ति हु“दैन र मृत्यु पश्चात पनि सुख पाइदैन । त्यसैगरी अर्को श्लोकमा भनेको छ । 

अन्यायो पार्जित द्रव्य दश वर्षणी तिष्ठती 
प्राप्त रे कदस वर्षे समुल तद् विनस्यति । 

     अन्याय गरेर जोरेको धनले १० वर्ष मात्र हुन्छ र ११ वर्ष सुरु भए लगत्तै जरोमुलो नै विनास तर्फ अगाडी बढ्छ, तसर्थ परिश्रम, मेहनत र इमान्दारी गरेर कमाएको धनले मन मस्तिष्कलाई शुद्ध राख्दछ भने समाजमा प्रतिष्ठा पनि बढ्छ । यसरी कमाएको धन नै आत्म सन्तुष्टि दिने धन हो । धन कमाउदा होस् या सामाजिक सेवा प्रदान गर्दा होस् नैतिकतालाई मुल जरो मान्नु पर्दछ । अरुलाई ठग्ने, छल्ने, होच्याउने मनशायले काम गर्ने व्यक्ति स्वंय आफुबाट आफैलाई ठगिरहेको हुन्छ, कलंकित र कंगाल भईरहेको हुन्छ । अरुलाई ठग्ने मनशाय जबसम्म उसले त्याग्दैन तबसम्म उ सधैं गरिब, कंगाल रहिरहन्छ । 

    अहिले हाम्रो समाज र मुलुकमा यस्तै व्यक्तिहरुको वर्जस्व बढ्दै गएको छ । यी यस्ता व्यक्तिहरुले आफु र आफ्नो परिवारको मात्र चिन्तन गर्ने गर्नाले समाजमा नकारात्मक सोचले बढवा पाउदै गईरहेको छ । यस्ता व्यक्तिहरुमा सकारात्मक सोचको विकास हुन जरुरी छ । गाउ“, शहर, मुलुकप्रति सकारात्मक सोच नहुनेहरुलाई सामाजिकरुपमा बहिस्कृत नहुन्जेलसम्म समाज परिवर्तन गर्न सकिदैन, त्यसैले नैतिकता नै सर्वोपरी हो, नैतिकताले नै समाज परिवर्तन गर्न सकिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech