विवाहको दुई महिनामै सिरहाकी मनिषाकुमारीको शंकास्पद मृत्यु 

  |   प्रकाशित :

लाहान । विवाह भएको दुई महिनामै सिरहा खिरौनाकी २१ बर्षीय मनिषकुमारी मण्डलको शंकास्पद मृत्यु भएको छ । 

सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वाका रघुनाथ मण्डलले एक्ली छोरी मनिषाको गत फागुन १६ गते झण्डै सात लाख रुपैयाँ खर्चेर विवाह गरिदिएका थिए । तर विवाह भएको दुई महिना पुग्दानपुग्दै आज बिहान करिब २ बजेतिर मनिषाको शव खिरौनास्थित घरको कोठामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 

हाल मनिषाका श्रीमान रामरेश बैदेशिक रोजगारीमा रहेपनि विदेश जानुअघि उनले दाईजोको विषयलाई लिएर आमासँग मिलि श्रीमतीलाई कुटपीट गर्ने गरेको बुझिएको छ । 

प्रहरीले मनिषाको शवलाई अहिले पोष्टमार्टमका लागि सिरहा अस्पताल ल्याईपु¥याएको छ । साथै,  तत्काल सोधपुछका लागि मृतककी सासु तारादेवी मण्डल र पति रामरेश मण्डललाई प्रहरीमा बोलाइएको छ ।

मनिषाका बाबु रघुनाथका अनुसार यसअघि नै छोरीले दाईजोको निहुँमा हिंसा हुने गरेको माईतीपक्षलाई जानकारी गराएकी थिईन । घरपरिवारको झगडामा मिलेर बस्नुपर्ने भन्दै आफुले छोरीलाई सम्झाउने गरेको उनले बताए ।

यसअघि पनि प्रदेश नम्बर दुईकै सिरहा कल्याणपुर–८, अरङकी २१ बर्षीय कञ्चन मण्डलाई आगो लगाएर घरपरिवारले हत्या गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech