राजधानीको कारागारमा चल्यो गोली, ८ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं  । ग्वाटेमालाको कारागारमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ ।

राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको स्थानीय अधिकारीले बताएका छन् । सोही घटनामा १९ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । 

यो कारागारमा चार हजार कैदीबन्दी रहेको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech