भगिनी साइनो गास्न चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

  |   प्रकाशित :

काठमाडौं । नेपालको प्रदेश नं ३ सँग छिमेकी मुलुक चीनको गान्सु प्रान्तले भगिनी साइनो गास्ने भएको छ। 

गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका ९कामपा०बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ । नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ ।

यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech