अनुष्का श्रेष्ठ बनिन मिस नेपाल

  |   प्रकाशित :

काठमाडौं । अनुष्का श्रेष्ठ मिस नेपाल–२०१९ घोषित भएकी छिन् । बिहिबार राती सम्पन्न फाईनलमा अन्य २४ प्रतिष्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको टाईटल पाएकी हुन् । 

मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल, रिया बस्नेत मिस नेपाल अर्थ, प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स २०१९ र रोज लामालाई मिस नेपाल सुपर नेशनलको उपाधी दिईएको छ । 

गतवर्ष मिस नेपाल मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् । हिडेन ट्रेजर नेपालले बर्षेनी मिस नेपाल छनोट गर्दै आएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech