स्याङ्जामा तहल्का मच्चाउदै दाजु भाइ, (भिडियो)

  |   प्रकाशित :

स्याङ्जा । केसि दाजु भाइ को गितले स्याङ्जामा चर्चा बटुलेको छ । नेपाली गीत संगीतका उदयमान नक्षत्र युनिक लोचन केसिको शब्द रचना र दिनेश केसिको लय सिर्जना रहेको गीत क्या राम्रो स्याङ्जाको ठाउँ गित अहिले स्याङ्जाको हरेकको घरघरमा बज्न थालेको छ ।

चर्चित गायक रामजी खाण र चर्चित गायिका भिमु गुरुङको आवाजमा समेटिएको गितको स्याङ्जा जिल्लाकाधार्मिक तथा पर्यटकीय ३५ रमणीय गाउँ ठाउँहरुलाई समेटेर तयार पारिएको हो । गीतको भिडियो कामाना अनलाइन् टि भी को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी ,युनिक त्रिलोचन के सि, शम्सेर गुरुङ र शिब थापा मगरले अभिनय गरेका छन् । भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका हुन भने छायांकन बिक्रम लामाले गरेका हुन् र कोरियोग्राफर कृष्ण लामाले गरेका हुन् भने सम्पादन रमित ओलीले गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech