‘टाइगर निकै नै स्लो छ, म टाइगरका लागि के गरू ?’

  |   प्रकाशित :

काठमाडौं । बलिउड नायक टाइगर श्राफसँगको प्रेम सम्बन्धलाई नायिका दिशा पटानीको अर्को तहमा लैजान चाहन्छिन् ।

हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले उनलाई प्रभावित बनाउनका लागि के–के सम्म गरिनँ ? मैले जिम्नास्टिक सिकेँ, मैले चलचित्रमा आगोमाथि दौडने काम समेत गरेँ । तर, उनी अझै मबाट प्रभावित छैनन् । अब, भन्नुहोस् उनका लागि अझै म के गर्न सक्छु ?’

दिशाले अगाडि भनिन्–‘उनी निकै स्लो छन् । कोही एकजनाले यो मौनतालाई ब्रेक गरेर बोल्न आवश्यक छ । उनी मेरा मिल्ने साथी हुन्, तर अब म मिल्ने साथी भन्दा एक कदम माथि हुन चाहन्छु ।’ टाइगरले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’को प्रमोशनका क्रममा दिशालाई मिल्ने साथी भन्दै उनीसँगको सम्बन्धलाई स्लो तरिकाले अगाडि बढाउन चाहेको उल्लेख गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech