विश्व प्रसिद्ध जानकी मन्दिर चुहिन थाल्यो

  |   प्रकाशित :

जनकपुरधाम । १ सय १० बर्ष अगाडी निर्मित विश्व प्रसिद्ध जानकी मन्दिर जीर्ण बनेर चुहिन थालेको छ । 

विगत १० बर्षदेखि बर्षाको समयमा मन्दिर चुहिने गरेको उतराधिकारी महन्थ रामरोषण दासले जानकारी दिए । उनका अनुसार मन्दिरमा बुर्जा भएको ठाउँहरुमा चुहिन्छ । २०७२ सालको भुकम्पले मन्दिरमा क्षति पुगेको र पानी पर्दा मन्दिर चुहिने गरेको जानकारी पुरातत्व विभागमा गराएको उनले भने ।

तीन तल्ले जानकी मन्दिर मुगल शैलीमा निर्माण भएको छ । बर्षाको पानी चुहिएर भुईतल्लामा पानी जम्ने गरेको छ । विश्व सम्पदा सूचीको ुटेन्टेटिभ लिस्टुमा मन्दिरलाई राखिएका कारण तत्काले पुरातत्व विभागले मर्मतको काम थाल्नुपर्ने जरुरी देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech