दयाहाङ राईको फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक 

  |   प्रकाशित :

विराटनगर । फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको ट्रेलर बिहीबार युटुबमा सार्वजनिक भएको हो ।

अनमोल गुरुङले निर्देशन गरेको यस फिल्ममा बाबु–छोराको सम्बन्ध देखाइएको छ । चलचित्रमा दयाहाङ राईले बाबुको भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङका साथ सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा रहेर उक्त फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो । निमेष श्रेष्ठको सम्पादन रहेको यस फिल्ममा अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि। कार्कीको छायांकन छ ।

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech