‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

  |   प्रकाशित :

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको छ ।

एकान्त मगरको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन गायक विवशले नै गरेका छन् । गीतमा विनोद तामाङको सङ्गीत संयोजन रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech