राजधानीको बबरमहलमा मोटरसाइकल दुर्घटना, यस्तो छ अवस्था

  |   प्रकाशित :

काठमाडौं । बबरमहलमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि चार जना घाइते भएको प्रहरीले जनाएको छ । 

बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले जेब्राक्रसिङबाट बाटो काटिरहेका पैदलयात्रुलाई ठक्कर दिएको हो । सिंहदरबार प्रहरीका अनुसार मोटरसाइकलले दुईजना पैदलयात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको हो ।

मोटरसाइकल पल्टिएपछि मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएको सिंहदरबार प्रहरीका जवान सुनिल बिकले जानकारी दिए । उनका अनुसार पैदलयात्रु र मोटसाइकल चालकको अवस्था गम्भीर छ । 

घटनाको बारेमा आफूहरुलाई पनि पूर्ण जानकारी नभइसकेको प्रहरी जवान विकको भनाइ छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech