इन्डोनेसियामा गयो ६ म्याग्निच्युडको भूकम्प 

  |   प्रकाशित :

इन्डोनेसिया  । सुमात्रामा सोमबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।

राजधानी जकार्तास्थित मौसम तथा भू गर्भ विभागले भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।

भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech