गस्तीमा खटिएका प्रहरी टोलीमाथि वियरको बोतल प्रहार भएपछि...

  |   प्रकाशित :

उदयपुर । प्रहरी चौकी, रिस्कुबाट गस्तीमा खटिएका प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् ।

उदयपुरको कटारी नगरपालिका(६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको हो । उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ । घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech