नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य : प्रधानमन्त्री ओली

  |   प्रकाशित :

काठमाडौं । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण  काठमाडौँमा शुरु भएको छ।  

नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको बिहीबार एक समारोहबीच उद्घाटन गरे। उनले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए। उनले असिमिति पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech